शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

बीरगन्ज महानगरले स्वास्थ्य सल्लाहकार तथा अनुगमनकर्ताका रूपमा समाज सेवी निरञ्जन मिश्र र रोशन कुमार नियुक्त

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्जमहानगरपालिकाले स्वास्थ्य सल्लाहकार तथा अनुगमनकर्ताका रूपमा समाज सेवी निरञ्जन मिश्र र रोशन कुमारलाई नियुक्त गरेको छ ।

- Advertisement -

महानगरपालिकाअन्तर्गत रहेका सरकारी तथा सामुदायिक अस्पताल एवम् स्वास्थ्य संस्थाहरूको सरसफाइ लगायतको नियमित सुपरिवेक्षण गर्ने जिम्मेवारीसहित मिश्र र रोशनलाई सोमबार महानगरका मेयर राजेशमान सिंहले स्वास्थ्य सल्लाहकार तथा अनुगमनकर्ताका रूपमा नियुक्त गरेका हुन् ।

मिश्र र रोशनले स्वास्थ्य संस्थाहरूको नियमित सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिने, कमीकमजोरी औँल्याउने र दोषी देखिएको खण्डमा उनीहरूमाथि कारबाही गर्न सक्ने छन् । यद्यपि उनले काम गरेबापत महानगरबाट कुनै किसिमको भुक्तानी भने पाउने छैनन् । उनलाई अवैतनिक स्वास्थ्य सल्लाहकार तथा अनुगमनकर्ता रूपमा नियुक्त गरिएको मेयर सिंहले बताए ।

- Advertisement -

स्वास्थ्य सल्लाहकार तथा अनुगमनकर्ताका रूपमा मिश्र र रोशन उच्च मनोबलका साथ आफ्नो विज्ञताको उपयोग गरी नगरको विकासमा योगदान दिने मेयर सिंहको विश्वास छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -