काठमाडौं- आम जनता पार्टीका अध्यक्ष प्रभु साह र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालबीच भेट भएको छ।
शनिबार बिहान उनीहरूबीच भेट भएको हो। भेटमा गौर हत्याकाण्डलगायत समसामयिक विषयमा छलफल भएको साहले जानकारी दिए।
२०६३ चैत ७ गते राैतहटकाे गाैरस्थित राईसमिलमा मधेशी जनाधिकार फोरम र तात्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टै मार्च बनाएर सभा गर्न लाग्दा दुई पक्ष बीच झडप हुँदा २८ जना माओवादी कार्यकर्ताकाे मृत्यु भएकाे थियाे।
साह उक्त घटनाका पीडितले न्याय पाउनुपर्ने बताउँदै आएका छन्। भदाै ११ गते पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले सत्यतथ्य छानबिन गरी गाैर हत्याकाण्डका पीडितले न्याय नदिलाए हेग जाने चेतावनी दिएका थिए।