शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

साहिब दरबारद्वारा वीरगञ्जको त्रिजुद्ध माविमा निशुल्क आँखा शिविरको आयोजना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १७ भदौ – बीरगन्जको विर्तास्थित त्रिजुद्ध माविमा ५ दिने निशुल्क आँखा तथा दाँत परीक्षण शिविर सुरु भएको छ । बीरगन्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग र साहिब दरबारको आयोजनामा आइतबारदेखि ५ दिने शिविर सुरु भएको हो ।

- Advertisement -

विद्यार्थी संख्या धेरै भएको हुँदा पढाई प्रभावित नहुने गरी ५ दिनसम्म सबै विद्यार्थीको आँखा तथा दाँत जाँच गर्ने गरी शिविरको आयोजना गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले बताउनु भयो । शिविरमा विद्यार्थीहरुको आँखा तथा दाँतको परीक्षण गरिने बीरगन्ज सामुदायिक आँखा अस्पतालका व्यवस्थापक प्रेम घिमिरेले जानकारी दिनुभयो ।

शिविरमा अस्पतालका नेत्र विशेषज्ञ प्रभात चौरसिया नेतृत्वको टोलीले विद्यार्थीहरुको आँखा जाँच गरीरहेको छ । शिविरमा आँखाको समस्या देखिएकाहरुलाई निशुल्क रुपमा औषधि समेत वितरण गरिएको घिमिरेले जानकारी दिनुभयो ।

- Advertisement -

पछिल्लो समयमा आँखा पाक्ने रोग फैलिएपछि विद्यालयमै शिविरको आयोजना गरेर सबै विद्यार्थीको निशुल्क जाँच गर्ने व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक नविन मिश्राले बताउनुभयो । साहिब दरबारले यसअघि बीरगन्जका विभिन्न विद्यालयमा आँखा तथा दाँत शिविर सम्पन्न गरीसकेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -