बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

एसिया कप क्रिकेट : नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज,१८ भदौं । एसिया कप २०२३ मा आज नेपालले भारतसँग खेल्दै छ । खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ। भारतले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।

- Advertisement -

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न लागेको हो। नेपालका लागि आज अत्यन्त महत्वपूर्ण र ऐतिहासिक खेल हुनेछ।

श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे खेल सुरू हुनेछ। प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र भारतको आजको खेल समूह चरणको अन्तिम खेल हो।

- Advertisement -

नेपाल र भारत दुवै टिमले समूहका पहिलो खेल खेलिसकेका छन्। पाकिस्तानविरूद्धको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको थियो। भारत र पाकिस्तानबीच शनिबार भएको खेल वर्षाले रद्द हुँद दुवै टिमले एक एक अंक जोडेका थिए।

समूहबाट पाकिस्तानले ३ अंक जोडेर सुपर-फोरमा स्थान पक्का गरिसकेको छ। अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ।

केही गरी आजको खेल वर्षाले रद्द भए भारत सुपर फोरमा पुग्नेछ। आजको मौसमको पूर्वानुमानअनुसार पल्लेकेले मैदानमा खेल सुरु हुने समयमा वर्षा हुने सम्भावना न्यून छ। तर साँझ पछि भने पानी पर्ने सम्भावना देखिएको छ।

भारतविरुद्ध पनि नेपालले सुरुवातदेखि नै अनुसाशित बलिङ गर्न पर्ने देखिन्छ। यस्तै ब्याटिङमा नेपालले भारतीय बलरविरुद्ध अपनाउनु पर्ने रणनीतिमा ध्यान दिनु पर्नेछ। विशेषगरी नेपाली ब्याटरका लागि तीव्र गतिका बलरको सामना गर्नु चुनौतीपूर्ण हुनेछ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -