शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

एसियन शारीरिक सुगठन : विशाल र सनमले दिलाए नेपाललाई स्वर्ण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विशाल पौडेल र सनम मुलगुठीले काठमाडौंमा जारी ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जितेका छन्।

- Advertisement -

एसियन शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको ब्यवस्थापनमा भएको च्याम्पियनसिपमा विशालले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजी माथीको तौलमा भारतका कुमार अनिललाई पछि पार्दै स्वर्ण हात पारेका हुन् । तेश्रो स्थानमा थाईल्याण्डका बालान्कन पठानसिरावत रहे ।

याक एण्ड यती होटलमा भएको च्याम्पियनसिपको महिला स्विम सुट फिजिक खुल्ला विधा तर्फ सनमले स्वर्ण जितिन् । उनले हङ्गकङ्ग चाईनाकी मा सिन यीलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन् । तेश्रो स्थानमा कोरियाकी किम सोयुन रहिन् ।

- Advertisement -

नेपालका लागि पदक दिलाउने क्रममा पुरुष ५५ केजीमा सुरेश दुवालले रजत जोडे । उनी भियतनामका बुइ दाक फि भु संग पछाडी परेका थिए । मलेसियाका अज्री विन अस्मत सेफ्रिले कास्य पाए ।

यस्तै अर्को पदक नेपालले ६० केजी तौलमा हात पा¥यो । अश्मिन बाबु गरुङ्गेले रजत र कमल भण्डारीले कास्य पाए । यस विधामा थाईल्याण्डका जिराफन पोङ्गकामले स्वर्ण जिते ।

च्याम्पियनसिपको पहिलो दिन पुरुष जुनिय शारीरिक सुगठन ७५ केजी सम्म र ७५ केजी माथी, पुरुष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, महिला जुनियर फिटनेस फिजिक २१ बर्ष र मुनी, महिला फिटनेस फिजिक १६५ सेमी सम्म, १६५ सेमी माथी, महिला टिनेज एथलेट फिजिक १५–१८ बर्ष, महिला स्विम सुट खुल्ला, महिला जुनियर मोडल फिजिक २१ बर्ष मुनि, पुरुष मास्टर्स शारीरिक सुगठन ४० देखि ४९ बर्ष, ५० देखि ६० बर्ष र ६० बर्ष माथी गरि १५ बिधामा प्र्रतिस्पर्धा भएको थियो ।

च्याम्पियनसिपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरि २३६ खेलाडीहरुले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।

शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठुलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा नेपाल सहित भुटान, चीन, हङ्गकङ्ग चाईना, भारत, काजाखस्तान, मकाउ चाईना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाईल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता रहेको छ ।

दरवारमार्गस्थित याक एण्ड यती होटलको रिगल बाल रुममा हुने च्याम्पियनसिपमा पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स १ गरि ४५ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धा गर्ने सवै देशका खेलाडी, अफिसियल र डेलिगेट्सहरु नेपाल आईसकेकाछन् ।

सो अवसरमा शारीरिक सुगठन खेलको विकासमा योगदान गरेवापत विभिन्न ब्यक्तित्वहरुलाई स्वर्ण, रजत र कास्य पदकले सम्मान गरिएको थियो ।

जसमा ज्ञानेन्द्र नकर्मी, अजय बज्राचार्य, रुजेश शाही, ननिता बज्राचार्य, निर्मला महर्जन, राजेश उपाध्याय, महेश्वर महर्जन, राजन श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेका थिए । यसतै राजेश बहादुर श्रेष्ठ, इश्वर श्रेष्ठ, शंकरमान उदाश, बाबुकाजी मानन्धर, प्रतापकाजी बरिया, दिनेश श्रेष्ठ, अनिललाल श्रेष्ठले रजत र सुरेश सुवेदी, रेणुका श्रेष्ठ, बिनिता राई, सूर्य प्रसाद जोशी, विजयत्तम रत्न बज्राचार्यले कास्य पदक प्राप्त गरेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -