रौतहट,२० भदाै । कर्तव्य ज्यान मुद्दामा फरार सूचीमा रहेका एक अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको वृन्दावन नगरपालिका-१ बलरीखोरका ४६ वर्षीय ज्योतिकलाल राउत छन् ।
उनलाई सोमबार राति घरैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । घरमै रहेका राउतलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय गौरले मंगलबार सार्वजनिक गरेको छ । २०६७ कात्तिक १७ को कर्तव्य ज्यान मुद्दा उनी फरार रहेको प्रहरीले जनाएको छ ।
उनले गाउँकै स्थानीयको हत्या गरेको आरोप भए पनि मंगलबार प्रहरीले राउतले कसको हत्या गरेको भन्ने खुलाएको छैन ।
- Advertisement -