मङ्लबार, अशोज १, २०८१
Tue, September 17, 2024

हनुमाढोका दरबारमा पुगेर राष्ट्रपति...

१ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित...

प्रदेश हटाउन सकिँदैन, प्रभावकारी...

१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रजातन्त्रको विरुद्ध...

२ महिनामा सरकारले १...

काठमाडौँ,०१ असाेज । चालु आर्थिक वर्ष २०८१÷८१ को साउन र भदौ महिनामा सरकारले...

एनआरएनए आधिकारिकता विवादमा मिसिल...

काठमाडौँ, १ असाेज । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आधिकारिकता विवादमा अहिलेसम्म...
26.1 C
Kathmandu
32.5 C
Birgunj

मधेश सरकारको प्रशासनिक भवन ५२ विघामा राख्‍ने तयारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२० भदाै । मधेश प्रदेशका प्रशासनिक भवन मधेश भवनबाट सारेर जनकपुरधामको शिवपुरस्थित ५२ विघामा राख्ने तयारी अघि बढाइएको मुख्यमन्त्री सरोजकुमार यादवले बताएका छन् । जनकपुरधाम- १९ बेंगामा आयोजित कृष्णाष्टमी मेलाको उद्‌घाटन गर्दै मुख्यमन्त्री यादवले यसै वडामा रहेको ५२ विघामा मधेश सरकारको सम्पूर्ण प्रशासनिक भवन तथा आवास राख्ने तयारी अघि बढाइएको बताए ।

- Advertisement -

मिथिला क्षेत्र राजा जनकको राज्य भएको हुनाले यहाँका सरकारको प्रशासनिक भवन पनि काठमाडौँको सिंहदरबार जस्तै जनक दरबारले नामाकरण गरिने बताए ।

मुख्यमन्त्री यादवले सररकारको प्रशासनिक भवन तथा आवासको लागि सो ५२ विघा जग्गा प्रदेश सरकारलाई हस्तान्तरणका लागि संघीय सरकारलाई चार महिनाअघि नै पत्र पठाइसकेको जानकारी दिए । जग्गा हस्तान्तरण भएलगतै डिपीआर तयार गरी सम्भवतः यसै आर्थिक वर्षदेखि निर्माण प्रक्रिया अघि बढाइने बताए ।

- Advertisement -

हाल प्रदेश सरकारको प्रशासनिक भवन तथा आवास जनकपुर चुरोट कारखाना लिमिटेडको भवनमा रहेको छ । अहिले प्रदेश सरकारको प्रशासनिक क्षेत्रलाई मधेश भवन भनेर नामाकरण गरिएको छ ।

कृष्णाष्टमी मेलाको अवसरमा सहभागी भएका मुख्यमन्त्री यादवले भगवान कृष्ण राधाको दर्शन तथा पूजापाठका साथै प्रतिकात्मक स्वरुपलाई माल्यार्पण गरेका थिए । उनले कृष्णाष्टमी पूजनोत्सवका लागि आयोजित कलश यात्राको शुभारम्भ समेत गरेका थिए । सो कार्यक्रममा प्रदेश सांसद शेषनारायण यादव र एमालेका नेता सन्तोष यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार