शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

दाईले भाउजूलाई टिकट दिने परिपाटी १५ औं महाधिवेशनबाट हटाउँछौं : गगन थापा

सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ औं महाधिवेशनबाट दाइले भाउजूलाई टिकट दिने परिपाटी हटाउने बताएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसेमाा भएको नेपाल महिला संघको तीज कार्यक्रममा शुक्रबार बोल्दै उनले यस्तो बताएका हुन्।

- Advertisement -

उनले भने, ‘तपाईंहरुलाई वडाको सभापति छान्ने अधिकार पार्टीको विधानले दिन्छ। तर, त्यही वडाको अध्यक्षको उम्मेदवार छान्नुपर्यो भने चाहिँ तपाईंको अधिकार खोसिएर त्योभन्दा माथि जान्छ । म महामन्त्री भएकाले अहिले टिकट बाँडेको नजिकबाट हेरें। पहिलो पटक म त्यहाँ सम्मिलित भएँ । तपाईंले सबै अधिकार दाइलाई दिनु भयो भने दाइले टिकट भाउजूलाई दिन्छन् । सबै अधिकार दाइलाई दिएपछि भाउजुलाई दियो भनेर विरोध हुन्छ। दाइले टिकट भाइजूलाई दिन्छ । त्यसैले दाईले भाउजूलाई टिकट नदिने अवस्था कसरी बनाउने ? भोलि अर्को दाईले भाउजूलाई देला । कुनै एउटा दाईको कुरा मात्रै होइन । १५ औँ महाधिवेशनबाट यो परिपार्टी बदल्नुपर्छ ।’

उनले अहिले कांग्रेसभित्र विभेद र न्याय नभएपछि असन्तुष्टि बढेको गुनासो गरे । उनले अब उम्मेदवार छान्न स्थानीय नेता कार्यकर्ताबाटै छान्नुपर्ने बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -