शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

मधेस प्रदेशले क्रान्तिकारी महिला योद्धा गुमाएको छ : अर्थमन्त्री यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२६ भदाै । लामो समयदेखि ‘क्यान्सर’बाट पीडित जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सदस्य एवं मधेस प्रदेशका प्रदेश सभा सदस्य विन्दु कुमारी यादवको निधनप्रति मधेस प्रदेश सरकारका अर्थमन्त्री एवं प्रवक्ता सञ्जय कुमार यादवले दुःख व्यक्त गरेका छन् ।

- Advertisement -

अर्थमन्त्री यादवले शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘उहाँको देहावसानले मदेसलाई अकल्पनीय र अपूरणीय क्षति भएको छ । पहिचानवादी अधिकारका लडाईमा सुरुदेखि नै अग्रणी भूमिकामा रहनुभएका उहाँको यो योगदान सदैव अविस्मरणीय हुनेछ ।’

मधेस प्रदेशले एउटा कुशल, क्रान्तिकारी योद्धा महिला नेतृका साथै आन्दोलनकारी समेत गुमाएको छ ।

- Advertisement -

स्वर्गीय विन्दुकुमारी यादव प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै उनले शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -