बीरगन्ज,२६ भदौ – बीरगन्जको बिर्ता स्थित बाल सुधार गृहमा मंगलवार राती भएको झडपमा प्रहरी र सुधार गृहका बालकहरु सहित १२ जना घाइते भएका छ । सुधार गृहका बालकहरु बिचको आपसी बिवादका कारण झडप भएको प्रहरीले जनाएको छ । अवेर राती सम्म सुधार गृहमा झडप भइरहदा सुधार गृह अगाडी भारी मात्रामा प्रहरी परिचालन गरिएको थियो ।
प्रहरीका अनुसार सुधार गृहको मुल गेट भित्रबाट बन्द रहेको कारण झडप नियन्त्रणमा कठाइको भएको थियो । सुधार गृहका बालकहरु बिच भित्र ढुङ्गामुढा भरहेको तथा भित्रको हो हल्ला बाहिर सम्म स्पष्ट सुनिएको थियो । गृह भित्र प्रहरीलाई प्रवेश गर्न नदिइएको कारण तनाव कम गर्न सुरक्षाकर्मीहरुलाई सकस भएको थियो । भित्रबाट चलेका ढुङ्गामुढाहरु बाहिर सम्म आएका थिए ।
सो क्रममा प्रहरी र बालक सहित गरी एक एक दर्जन घाइते भएका छन् । बालगृहको वाल कुदी भाग्ने क्रममा प्रहरीले केही बालवालिकाहरुलाई नियन्त्रणमा लिएको थियो । घाइतेहरुको नारायणी अस्पतामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सुधार गृहमा भदौमा काठमाडौंको भक्तपुर सुधार गृहबाट आएका १८ जना बालकहरु गरी १४९ जना छ । सुधार गृहका बालकहरु दुई समुहमा बिभाजन भई एक अर्कामाथी आक्रमणमा उत्रिएको प्रहरीको भनाई छ ।
व्यवस्थापनको बिषयलाई लिएर काठमाडौंबाट आएका बालकहरुले गृहका नायकेलाई मगंलवार बेलुका कुटपिट गरेपछि तावन उत्पन्न भएको थियो । सुधार गृह भित्र रहेका वालाकहरुले गृहमा कमसल खाना खुवाउने गरिएको,बालकहरुलाई चरम यातना दिने गरिएको,चौर्पी,स्नान गृह लगायतकाको सरसफाई ध्यान नदिइएको एवं घर फोन समेत गर्न नदिएको आरोपहरु लगाउँदै बिरोधमा जनाउँदै आएका थिए ।
घटनाको अनुसन्धान भरहेको छ । सुधार गृहको बिवादलाई छलफलबाटै समाधान गर्ने पहल भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । सुधार गृह भित्र तनाव कायमै रहेको छ । सुधार गृहको आसपासको क्षेत्रमा ठूलो मात्रा सुरक्षाकर्मी परिचालन गरिएको छ ।