बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

संखुवासभा कारागारका कैदी हत्या प्रकरणमा सात प्रहरीसहित १५ जना जेल चलान

सिफारिस

काठमाडौं । संखुवासभा कारागारमा दुई कैदीको मृत्यु प्रकरणका आरोपी १५ जनालाई नै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ।

- Advertisement -

बुधबार संखुवासभा जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम कारागारमा पठाउने आदेश दिएको हो।

कैदी हत्या प्रकरणमा मुद्दा चलाइएको थियो। उनीहरूलाई कारागार विभाग र जिल्ला सुरक्षा समितिको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइसकिएको छ। बुधबार सरकार र प्रतिवादीतर्फका आठजना कानुन व्यवसायीले बहस गरेका थिए।

- Advertisement -

कारागारमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, सुरक्षागार्ड कार्यरत सुमन गुरुङ, दमनसिंह राई, प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवान मनीष राई, पवनकुमार महतो र नुसन राईलाई पुर्पक्षका लागि धनकुटा कारागार पठाइएको छ।

त्यस्तै कैदीहरू रामबहादुर कार्की, अनिश शर्मा कट्टेल, सचिन राई, सुमन सारूमगर, टीकाराज चौहान, नवीनकुमार राई, इन्द्रध्वज घिमिरे र मीनबहादुर तामाङलाई पुर्पक्षका लागि तेह्रथुम कारागार पठाइएको हो।
१५ जना अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गरिएको छ। गत २४ साउनमा संखुवासभा मादीका विनोद तोलांगी र नुवाकोटको ककनीका आकाश बलामीको प्रहरी र कैदीको कुटपिटबाट मृत्यु भएको थियो। उनीहरू शौचालयको झ्याल फोडेर भाग्न खोजेको भन्दै प्रहरी र कैदीले निर्ममतापूर्वक कुटपिट गर्दा मृत्यु भएको थियो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -