शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
24.9 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

गैरीगाउँ सामूहिक हत्याकाण्डको अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा समिति गठन

सिफारिस

काठमाडौं । प्रहरीले काठमाडौंको तिनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्न ५ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ ।

- Advertisement -

उपत्यका प्रहरी कार्यालय रानीपोखरीले हत्याकाण्डको अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरको संयोजकत्वमा समिति गठन गरेको हो । रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले अनुसन्धान समिति गठन गरिएको बताए । उक्त घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि लगायतको अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी यथाशिघ्र प्रतिवेदन पेश गर्न रानीपोखरीले अनुरोध गरेको छ ।

समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी नायव उपरीक्षक हरि खतिवडा, काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायव उपरीक्षक सुवास खड्का, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनका प्रहरी नायव उपरीक्षक सुरक्षा केसी र प्रहरी वृत्त, नयाँ बानेश्वर प्रहरी निरीक्षक वीरेन्द्र केसी रहेका छन् ।

- Advertisement -

शुक्रबार मध्यरातमा तीनकुनेस्थित दिव्या सःमिल भित्र काठले बनेको एकतले जस्ताको टहरामा धारिलो हतियार प्रहार गरि ४ जनाको हत्या भएको थियो ।

दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको हत्या भएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -