बारा,३१ भदाै । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले आफु प्रचलित ऐन र कानुनको परिधिमा रहेर कसैको दवाव र प्रभावमा नपरी काम गर्ने बताउनु भएको छ ।
भर्खरै सरुवा भएर बारा प्रहरीको नेतृत्व सम्हाल्न आएका एसपी काफ्लेले जिल्ला प्रहरी कार्यालय स्थित आफ्नै कार्यकक्षमा बाराली पत्रकारहरुसंग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।
उनले प्रहरी कार्यालयमा हुने विचौलीयाको अन्त्य गर्न सम्बन्धीत घटना र मुद्धाको आफ्न्त वाहेकलाई अन्य व्यक्तिहरुको भिडाभाडलाई कम गर्न आफु कार्यालयमा हाजिर भएदेखि नै काम शुरु गरि सकेको बताउनुभयो ।
पत्रकारहरुको जिज्ञासामा एसपी काफ्लेले दोहोर मुद्धा दर्ता नहुने बताउदै प्रचलित कानुन अनुसार जसले जे अपराध गरेको छ, सोही प्रकृतिको मुद्धा मात्र दर्ता गरिने प्रतिबद्धता जनाएका छन ।
जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न आफुले कुनै कसर बाँकी नराख्ने एसपी काफ्लेको भनाईछ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता दधिराम न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
दाङ बाट सरुवा भएर बारा जिल्लामा आएका एसपी काफ्लेले जिल्लाका सवै पत्रकारहरुसंग जिल्लाको सर्मग अवस्थाका वारेमा जानकारी लिएका थिए ।