शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

सुन प्रकरणमा प्रकाउ परेका ६ जना आज रिहा हुँदै

सिफारिस

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद ६० किलो सुन प्रकरणमा पक्राउ परेका ६ जना रिहा हुने भएका छन्। प्रहरीले मुद्दा नचलाउन राय दिएका ६ जनालाई आज (आइतबार) रिहा गर्न लागिएको हो।

- Advertisement -

छ जनालाई रिहा गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई सरकारी वकिल कार्यालयले पत्र लेखेको हो।

भन्सार अधिकृत पुष्पा जोशी, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङ आज रिहा हुने भएका हुन्। उनीहरूविरुद्ध भने मुद्दा नचलाउन राय दिइएको थियो।

- Advertisement -

जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीको प्रतिवेदन अध्ययन गरेसँगै उनीहरूलाई छाड्न लागिएको हो। प्रहरीले मुद्दा चलाउन राय नदिएको भन्सार एजेन्ट रुक्मिना सुब्बाविरुद्ध भने आइतबार नै मुद्दा दर्ता भएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -