बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

सुन तस्करी प्रकरणका ४ प्रतिवादीको बयान आज हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२ असोज – ६० किलो सुन तस्करी प्रकरणका प्रतिवादीसँग आज पनि बयान हुने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को अनुसन्धानका आधारमा सरकारी वकिलले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

- Advertisement -

सोमबारदेखि न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा सुरु भएको उक्त मुद्दामा आज पनि अदालती बयान हुने भएको हो । सोमबार १ जना प्रतिवादीको बयान भएको थियो । आज मंगलबार ४ जनाको बयान लिने तयारी रहेको जिल्ला अदालत काठमाडौंका रजिष्ट्रार कौशलेश्वर ज्ञवालीले जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालयले २९ जनालाई प्रतिवादी बनाएर अभियोगपत्र दायर गरेको थियो । प्रतिवादी बनाइएकामध्ये २६ जनालाई अभियोगपत्रसँगै अदालतमा पेस गरिएको थियो ।

- Advertisement -

१ जनाको सोमबार नै बयान भइसकेका कारण अब २५ जनाको बयान लिन बाँकी छ । मंगलबार ४ जनाको बयान सक्दा २१ जना बाँकी रहनेछन्। अदालतले २ साताभित्र सबैको बयान लिइसक्ने तयारी गरेको छ ।

अदालती बयान सकिएपछि थुनछेकको प्रक्रिया अगाडि बढ्नेछ । थुनछेक बहस सकिएपछि अदालतले प्रतिवादीहरुलाई साधारण तारेख, धरौटी वा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्नेबारे आदेश सुनाउनेछ ।

क्याथे प्यासिफिक एयरलाइन्समार्फत् मोटरसाइकलको ब्रेक प्याडको रुपमा भित्रिएको तस्करीको सुन साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सिनामंगलबाट बरामद गरेको थियो । ब्रेक प्याडको रुपमा रहँदा झन्डै १५० किलो रहेको भनिएको सुन पछि राष्ट्र बैंकले गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -