मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

पोखरामा ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्ने इन्स्पेक्टर निलम्बित

सिफारिस

काठमाडौं । पोखरामा ‘डाक्टरहरूलाई साफ चुटेर आएँ’ भनेर खुलेआम स्वीकार गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन्।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय पोखरा कार्यरत इन्स्पेक्टर श्रेष्ठ निलम्बनमा परेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।
मणिपाल शिक्षण अस्पतालमा बिरामीका आफन्त र चिकित्सकसँगको विवाद साम्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिँदा उनले भिडमा पुगेर अपशब्द बोल्दै ‘डाक्टरलाई साफ चुटेर’ आएको बताएका थिए ।
आफ्नो कुटाइबाट डाक्टर रगताम्मे भएको भनि श्रेष्ठले दिएको विवादास्पद अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यहीकारण उनलाई अनुसन्धानका लागि निलम्बन गरिएको हो । यसैगरी
मणिपालमा शान्ति सुरक्षाकै लागि खटिएका वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय तानिएको छ ।

सोमबार मणिपाल अस्पतालमा उपचाररत ५७ वर्षीया सुकमाया दुराको निधन भएको थियो । त्यसपछि दुराका आफन्त र चिकित्सकबिच विवाद उत्पन्न भएको थियो । चिकित्सकमाथि हातपात भएको बन्दै चिकित्सकहरु आन्दोलित छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -