मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

गल्ती स्वीकारेपछि रिहा भए चिकित्सक अरुण झा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,११असोज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई समाजिक संजालमा कालोमोसो दल्ने चेतावनी दिने चिकित्सक अरुण झा रिहा बिहीबार रिहा भएका छन् ।

- Advertisement -

गल्ती स्वीकार गरेको र अब यस्तो गल्ती नदोहोरिने सर्तमा उनलाई बिहीबार रिहा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

झाले फेसबुकमा मधेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई मेन्सन गर्दै कालोमोसो दल्ने चेतावनी दिएका थिए ।
मुख्यमन्त्रीलाई कालो मोसो दल्ने चेतावनीका साथै सामाजिक सद्भाव भड्किने शब्दहरु प्रयोग गरेपछि उनलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

- Advertisement -

मौखिक उजुरीमात्रै भएकोले गल्ती स्वीकार गरेपछि उनलाई छाडिएको प्रहरी नायब उपरीक्षक अवाको भनाइ छ ।पक्राउ परेर छुटेका झा आयुर्वेदिक चिकित्सक हुन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -