नेपाली क्रिकेट इतिहासमा पारस खड्का एक अविस्मरणीय नाम हो । राष्ट्रिय क्रिकेट इतिहासका उनी एक सफल क्रिकेटर तथा कप्तान हुन् । उनी ९ वर्ष राष्ट्रिय क्रिकेट टोलीको कप्तान भए र उनको नेतृत्वमा नेपाल विश्व क्रिकेट लिग ३, ४ र ५ मा च्याम्पियन बनेको थियो र सन् २०१४ मा नेपालले अहिलेसम्मकै पहिलो र एकमात्र टी–२० विश्वकप पनि खेलेको थियो ।
साथै, नेपालले एकदिवसीय मान्यता पनि पाएको थियो र यु-१९ विश्वकपमा प्लेट च्याम्पियनसिप जितेको थियो । उनले गत २३ कार्तिक २०७६ मा कप्तानको रूपमा आफ्नो सन्यासको घोषणा गरे भने १७ श्रावण २०७८ मा उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । तर उनले अझै पनि नेपाली क्रिकेटको सेवा गर्ने मन बनाए र उनी अहिले क्यानको सचिव पदमा निर्वाचित भएका छन् । उनी नेपाली क्रिकेटको विकासका लागि अझै काम गर्न चाहन्छन् ।