काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को चीन भ्रमणबारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।
प्रचण्डको चीन भ्रमण लगायतका अन्य विविध विषयको जानकारी गराउनका लागि आइतबार (असाजे १४) दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिने पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी गराएका छन्।
उनका अनुसार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरिनेछ । गत भदौ ३० गते अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड त्यतैबाट असोज ५ गते चीन प्रस्थान गरेका थिए।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड चीनको हाङ्जाओमा आयोजित १९ औं एसियाली खेलकुदको उद्घाटनमा सहभागी भएका थिए।
एक साता चीनमै रहेका प्रधानमन्त्री प्रचण्ड शनिबार दिउँसो एयर चाइनको विमानमार्फत नेपाल फर्किएका छन्।