काठमाडौं । सुदूरपश्चिमको बझाङमा भूकम्पको दोस्रो झट्का महसुस भएको छ। आज दिउँसो २५ मिनेटको फरकमा दुईपटक भूकम्प महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पको महसुस सुदूपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशसमा समेत गरिएको छ। पहिलो भूकम्प तालकोट गाउँपालिका आसपास केन्द्रबिन्दु बनाएर गएको थियो। दोस्रो चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको हो।
- Advertisement -
क्षतिबारे भने कुनै विवरण प्राप्त भएको छैन।