मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई कानून बनाई कारबाही गरिने

सिफारिस

काठमाडौं । सरकारले सामाजिक सञ्जालको दुरुपयोग भइरहेकोप्रति ध्यानाकर्षण जनाएको छ ।

- Advertisement -

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले अहिलेसम्म कानून नभएर सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही गर्न नसकेको बताइन् ।

उनले भनिन्, ‘कुनै कानूनमा टेकेर हामीले कारबाही गर्नसक्ने अवस्था छैन । सरकारले कानूनमै टेकेर काम गर्नुपर्ने भएकाले एकदमै तदारुकताका साथ कानून निर्माण गर्ने प्रक्रियामा छौं । त्यो निर्देशिका अहिले कानून मन्त्रालयमा छ । आउने क्याबिनेटबाट पारित भएर जान्छ । त्यसले केही व्यवस्थापन गर्नसक्छ । निर्देशिकामै हामीले धेरै दण्ड, सजायको कुरा गर्नसक्ने रहेनछौं । प्रचलित कानूनबमोजिम हुने कारबाही त आफ्नो ठाउँमा छँदैछ ।’

- Advertisement -

सामाजिक सञ्जाललाई इंगित गरेर दण्ड सजाय निर्देशिकामा राख्न नसक्ने भएकाले यसबारे कानून नै बनाउने तयारी भइरहेको प्रवक्ता शर्माले बताइन् ।

सरकारले सामाजिक सञ्जालको दुरुपयोगको समस्या समाधान गरेरै छाड्ने उनले जिकिर गरिन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -