मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

मधेसको तागत भनेकै हिन्दू र मुस्लिमबिचको एकता हो : प्रदीप यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१८असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले मधेसमा पछिल्लो समययता धाार्मिक सद्भाव बिथोल्न भइरहेका उच्छृंखल गतिविधीप्रति सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

- Advertisement -

बिहीबार प्रतिनिधी सभाको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका यादवले धार्मिक तनाव बढाउनुको पछाडि पूर्वराजा ज्ञानेन्द्र शाहको हात रहेको आशंका व्यक्तपनि गरे । उनले भने,‘अहिले आफुलाई राजावादी भन्नेहरू हौसिएका छन। किन ? । कतै आगो लगाएर न्यानो ताप्ने योजना त छैन यिनीहरूको ? ।’

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य (सांसद) समेत रहेका यादवले पुर्वराजा ज्ञानेन्द्र शाहको लोकतन्त्र विरोधी गतिविधिको निगरानी गर्न सरकारसंग मागपनि गरे । मधेस जहिल्यै पनि गणतन्त्र र संघीयताका लागि लडेको भन्दै यादवले भने,‘ तर अहिले मधेसमा एउटा कुनै शक्तिले षडयन्त्रको तानाबाना बुनेर धार्मिक तनाव गराउने खेल खेलिरहेको छ । ’

- Advertisement -

मधेसको राजनीतिक तागत भनेकै हिन्दू र मुस्लिमबिचको साझा एकता रहेको भन्दै यादवले तर अहिले धार्मिक द्वन्द्व फैलाएर मधेसी जनताबिचको एकतालाई तोडने षडयन्त्र भईरहेको बताए ।

समाजमा द्वन्द्ध र हिंसा फैलाउन उक्साउने व्यात्तिःm वा समुहको फेसबुक र टिकटक आइडी सरकारलले तुरुन्त बन्द गर्नुपर्नेमा जोड दिए । यादवले भने,‘ सोसल मिडियामा उत्तेजक सामग्री राख्ने , पुराना भिडियोलाई तोडडमोड गरी ताजा घटनाका रूपमा प्रस्तुत गर्ने,अर्काको धर्म वा धर्मावलंम्बीलाई अपमान गर्ने, गाली गलौज गर्ने, हिंसा फैलाउन झूठा, मनगढ़ंत कुरा राख्नेहरूको तुरन्त पहिचान गरि दण्डित गर्नपर्छ । उनिहरुको फÞेसबुक र टिकटक आईडी सरकारले तुरून्तै बन्द गर्नुपर्छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -