काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बझाङका भूकम्पपीडितालाई तत्काल ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् । शुक्रबार भूकम्प प्रभावित क्षेत्रको अवलोकन पछि प्रचण्डले भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार उपलब्ध गराइने बताए।
भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने पनि उनले बताए।
राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सामग्रीहरुको व्यवस्थापन भएको पनि दाहालले बताए। थप सामग्री आवश्यक परे तीनै तहका सरकारको समन्वयमा मिलाइने उनले बताए।
सम्बोधनका क्रममा उनले भूकम्पमा घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको जानकारी दिए।
भूकम्पले निम्त्याएको पहिरोमा मृतकप्रति श्रद्धाञ्जली दिँदै उनले मृतक परिवारलाई तत्काल २ लाख सहयोग दिने पनि बताए।
भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालिन पुनस्निर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई अघि बढाइने बताए।