जसपा नेपालद्वारा वडा नम्बर २ भेडियारीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गएिको छ । पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब ३ सय जनाले जसपामा प्रवेश गरेका छ्न ।
जनता समजवादी पार्टी नेपाल पर्साको समन्वय तथा जनता समाजवादी नेपाल कालिकामाइ गाउँपालिका समितिको आयोजनामा कार्यक्रम भएको छ ।
जनता समाजवादी पार्टी नेपाल वडा एकाइ समिति तैयब खा पैठानको अध्यक्षता एवम् उर्जा सिचाइ तथा खानेपानी मन्त्री सिहासन साह कलवारको प्रमुख आतिथ्यमा पार्टी प्रवेश समप्नन भएको छ ।
नवप्रवेशीहरुलाइ प्रमुख अतिथि, पालिका, जिल्ला, प्रदेश र केन्द्रिय स्तरका नेतागणहरुले अबिर टीका, माला र मधेसी गम्छा लगाइ प्रवेश गराएका छन ।
नवप्रवेशि नेकपा एस परित्याग शुनिल साह तेलिको नेतृत्वमा ३० जना, नेकपा एस परित्याग गरि सुनिल साह कानु र संजय साह कानुको संयुक्त नेतृत्वमा १ सय २० जना, हरिकिशोर पासवानको नेतृत्वमा लोसपा परित्याग गरि ५० जना, लालमहमद राउत गद्दीको नेतृत्वमा नेपाली काङ्ग्रेस परित्याग गरि ३० जना, नरेश कुश्वाहाको नेतृत्वमा लोसपा परित्याग गरि ३० जनाले आज एक कार्यक्रमका बिच जसपामा प्रवेश गरेका छ्न ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिले जसपा नै जनताको पार्टी हो र यसले नै आम मधेसीको समाधान गर्छ । बाँकी बिकासको काममा निरन्तर दिनरात लागि परेको छु । फलस्वरूप तपाइँहरुको माझमा छ्दैछ ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य फिरोज मन्सुर, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचीव तबरेज अहमद, जिल्ला कार्याकारिणी समिति सदस्य इन्द्रासन सा कलवार, श्यामबाबु चौरसीया, कालिकामाइ पालिका समिति अध्यक्ष दिनेश सा कलवार, जिल्ला सदस्य ताजिन्द्र सा कलवार, कालिकामाइ गाउँपालिका अध्यक्ष बशिष्ट गुप्ता, १ नम्बर वडा अध्यक्ष लालबाबु राउत, ३ नमबर वडा अध्यक्ष संजय पटेल, ५ नमबर वडा अध्यक्ष जयनारायण पटेल, कालिकामाइ गाउँपालिका सल्लाहकार अरमान खान, युवा नेता असलम आलम लगायतले कार्यक्रममा शुभकामना मन्तव्य गरेका थिए । कार्यक्रमका संचालन रामशन्कर प्रसाद चौरासीयाले गरेका थिए ।