मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

आर्मीलाई टाइब्रेकरमा हराउँदै पुलिसले जित्यो ‘प्रथम वीरगन्ज गोल्डकप’को उपाधि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२५ कार्तिक – मधेस प्रदेशकै ठूलो धनराशि पुरस्कार भएको ‘प्रथम वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता “२०८०” को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । नेपाल पोलिस क्लबले बीरगन्जको आदर्शनगर खेल मैदानमा आर्मीलाई हराउँदै कप उचालेको छ । शनिवार भएको फाइनल खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २–० ले स्तब्ध पार्दै पुलिस क्लबले उपाधि आफ्नो कब्जामा लिएको थियो ।

- Advertisement -

उपाधिसँग पुलिसले नगद ११ लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पायो भने उपविजेता आर्मीले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँमै चित्त बुझायो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको अन्तिम नतिजा टाइब्रेकरबाट निकालिएको थियो । टाइब्रेकरमा आर्मीका चारै जना स्ट्राइकरले गोल गर्न चुकेपछि उपाधि पुलिसको पोल्टामा गएको हो । टाइब्रेकरमा पुलिसका लागि कप्तान राम वजु र बुद्ध तामाङले गोल गरे भने उज्ज्वल राईको पेनाल्टी सुट आर्मीका गोल रक्षक विकेश कुथुले रोकेर विफल पारिदिएका थिए ।

- Advertisement -

टाइब्रेकरमा आर्मीका कप्तान नवयुग श्रेष्ठको प्रहार गोलपोस्टको सेकेन्ड बार बाहिर गयो भने विमल पाण्डे र सन्तोष केसीको प्रहार पुलिसका गोलरक्षक सत्रुधन चौधरीले रोकिदिएका थिए । जितेन्द्र कार्कीको प्रहार भने गोलपोस्टको बारमा लागेर फर्किएको थियो । यसअघि निर्धारित समयको खेलमा भने आर्मीमाथि पुलिसका खेलाडी तुलनात्मक रूपमा हाबी भए पनि गोल गर्न भने असफल भएका थिए । खेलको ३६ औँ मिनेटमा पुलिसका उज्ज्वल राईले पुलिसको डिबक्स छेउबाटै गरेको प्रहार पोलको नजिकैबाट बाहिर गएको थियो । खेलको ४० औँ मिनेटमा फेरि उज्ज्वलले नै डिबक्सभित्रबाट गरेको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले रोकेर गोल हुनबाट जोगाएका थिए ।

खेलको ५५ मिनेटमा पनि पुलिसले गोल गर्ने अवसर गुमाउन पुगेको थियो ।प्रताप गुरुङले पास गरेर दिएको बल विवेक सन्तोषीले आर्मीका गोलरक्षक विकेशलाई छल्दै अगाडि बढाइसकेको भए पनि आर्मीका रक्षापङ्क्तिले त्यसलाई क्लियर गरिदिएका थिए ।


६९ औँ मिनेटमा भने आर्मीलेपनि गोल गर्ने अवसर पाए पनि खेर फालेको थियो । सन्तोष केसीले गरेको प्रहारमा आसिक बाबु चौधरीले गरेको हेड पुलिसको बारमाथिबाट बाहिरिन पुगेको थियो । फाइनल खेलमा टाइब्रेकरमा आर्मीका लगातार तीन वटा प्रहार रोक्न सफल पुलिसका गोलरक्षक सुत्रुधन चौधरी फाइनल खेलको प्लेयर अफ दी म्याच घोषित भए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसका प्रताप गुरुङ घोषित भए । उनले नगद ५० हजार रुपैयाँ पनि प्राप्त गरे । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसकै सत्रुधन चौधरी, उत्कृष्ट मिडफिल्डर पुलिसकै उज्ज्वल राई र उत्कृष्ट रक्षक आर्मीका विमल पाण्डे घोषित भए । उनीहरूलाई जनही २०र२० हजार रुपैयाँ प्रदान गरियो । प्रतियोगिताको उत्कृष्ट कोच पुलिसका चेतन घिमिरे घोषित भए । उनले पनि नगद २० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उपाधि विजेता र उपविजेता टिमलाई उपमेयर इम्तियाज आलमले ट्रफी र मेडल प्रदान गरे । त्यस अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, पर्साका प्रहरी उपरीक्षक कोमल शाह लगायतको पनि उपस्थिति थियो । बीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजनमा भेट्रान सिटी क्लब बीरगन्जले कार्तिक १८ देखि २५ गतेसम्म आयोजना गरेको प्रतियोगितामा नेपालका छ र भारतका दुई गरी कूल आठ टिम सहभागी थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -