पर्साकाे पटेर्वासुगौली- १ गदियानीमा आगलागी हुँदा १ लाख बराबरको क्षति भएको छ ।
आगलागी पटेर्वासुगौली गाउँपालिका वडा नं १ गदियानी टोलकाे दलित टोल बस्ने शिव माझीको घरमा लागेकाे जानकारी प्रप्त भएकाे छ । गएराती माझीको घरमा नजिकै बलिरहेकाे घुरबाट आगलागी भएकाे थियाे । आगलागीमा करीब १ लाख बराबरको क्षति भएको बताइएकाे छ । घरमा रहेको खाद्यान्न ,भडाकुडा,गरगहना लगाएत क्षति भएको स्थानीय कन्हैया सहनीले बताएका छन् ।
साथै छठ पूजा सामाग्री समेत जलके नष्ट भएकाे बताइएकाे छ ।