शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024
शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024

नेपाल पत्रकार महासङ्घ पर्साको...

वीरगञ्ज, पर्सा — नेपाल पत्रकार महासङ्घ पर्साको निर्वाचनको मतगणना शुक्रबार राति साढे १०...

५ देशका लागि राजदूत...

काठमाडौँ, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका राजदूत नियुक्त गरेका छन्।...

ओलीले देशमा शान्ति, सुरक्षा...

काठमाडौँ, २८ मंसिर । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री...

एनपीएलमा विराटनगरको दोस्रो जित,...

काठमाडौं,२८ मंसिर । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित दर्ता गरेको...
6.1 C
Kathmandu
12 C
Birgunj
spot_imgspot_imgspot_img

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सिमकोट,१९ मंिशर । घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको भनाइ छ ।

- Advertisement -

फडेरा गत शुक्रबारदेखि वेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए । आफन्तले उनीलाई सोमबार दिउँसोे मृतावस्थामा फेला परेका हुन् । मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले भने, ”घटनाको विस्तृत जानकारी अझै आउन सकेको छैन । घटनाको थप विवरण बुझ्न र मुचुल्का गर्नका लागि सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ ।”

- Advertisement -

मुचुल्कापछि आज बाजुरा जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्र कोल्टीमा शव परीक्षणका लागि लैजाने प्रनाउ खनालले बताए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार