आइतवार, फाल्गुन १३, २०८०
Sun, February 25, 2024

सुर्खेतमा तरुण दलका नेतामाथि...

शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद...

जनमत पार्टीले घोषणा गर्‍यो...

काठमाडौं । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत...

मधेशका यू-१६ कप्तान चन्दनलाई...

बीरगन्ज, १३ माघ । भर्खरै सम्पन्न भएको १६ वर्ष मुनिको मनमोहन मेमोरियल टि...

रौतहटबाट गाँजासहित एक जना...

रौतहट,१३ फागुन । रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो...
12.1 C
Kathmandu
15.1 C
Birgunj

तराइ मधेशमा आजदेखि चिसो बढ्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२१ मंसिर । तराई–मधेशमा आजदेखि चिसो बढेको छ । आज विहानदेखि बाक्लो हुस्सुसंगै चिसो हावा र पानी शीत झर्न थालेपछि चिसो बढेको हो । तराईमा केही समय यता जाडोयाम सुर भएपनि बिहान र रातको समयमा चिसो लाग्ने गरेको थियो । तर अचानक आज बिहनौदेखि मौसम धुम्म भएर चिसो हावाको स्याँठ चलेकाले एक्कासी चिसो बढेको छ ।

- Advertisement -

मधेश प्रदेशका सबै जिल्लामा चिसो बढेसंगै बारा, पर्सा जिल्ला पनि चिसोबाट प्रभावित बनेको छ ।

अत्यधिक चिसो बढेसंगै  आसपासका क्षेत्रमा विहानैदेखि हल्का पानी परिरहेको छ, जसका कारण मानिसहरुको आवगमनमा असर परेको छ । चिसो बढ्न थालेपछि न्यानो ओढ्ने ओछ्याउने नभएका अति विपन्न परिवार पिरोलिएका छन् ।
तराईका जिल्लाहरूमा बर्सेनी पुस, माघको जाडोले न्यून आयआर्जन भएका अति विपन्न र दलित परिवार विशेष प्रभावित हुने गरेका छन् ।चिसो छल्न तराई मधेशका जिल्लामा घुर बालेर ताप्ने गरिन्छ ।

- Advertisement -

पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम धुम्म भएको मौसमविद् राजु प्रधानांगले जानकारी दिए । तर, तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्हरुको भनाइ छ ।

उनका अनुसार छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव धेरैजसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका पूर्वी क्षेत्रमा परेको छ । यही प्रणालीका कारण कोशी प्रदेशका एक दुई ठाउँमा आज हल्का पानी पर्ने अनुमान छ ।

अन्य क्षेत्रमा भने मौसम धुम्मिए पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रधानांगले बताए । आज दिउँसो पनि मौसम पुरै खुल्ने सम्भावना छैन । केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उनी बताउँछन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार