बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

अरूको जग्गा देखाएर भिडियो...

बारा,१७ फागुन । मकवानपुरमा नेपाल सरकारका कर्मचारी भएर बारास्थित अरूको जग्गा देखाएर भिडियो...

गठबन्धन भत्किन नदिन प्रचण्डलाई...

काठमाडौँ,१७ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा अध्यक्ष कसले...

बानेश्‍वर र सिंहदरबारको फुटपाथमा...

काठमाडौँ,१७ फागुन । बानेश्‍वरको संघीय भवन र सिंहदरदरबार वरपरको फुटपाथमा लगाएको निषेधित क्षेत्र...

दक्षिण कोरियामा नयाँ डाक्टर...

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक...
16.1 C
Kathmandu
21.5 C
Birgunj

सांसद कोइरीलाई पक्राउ गर्न माग गर्दै पीडित परिवार काठमाडौँमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२५ मंसिर । निलम्बित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न माग गर्दै पीडित परिवार काठमाडौँमा आएका छन् । सशस्त्र प्रहरीका दिवङ्गत असई थमन विककी पत्नी शोभा बिक र भाउजू कमला बिक काठमाडौँ आएका हुन् ।

- Advertisement -

२०७२ भदौ २५ मा महोत्तरीमा उपचारका लागि अस्पताल लैजाँदै गरेका सशस्त्र प्रहरी असई थमन बिकलाई एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले हत्या गरेका थिए । जलेश्वरको संसारीमाई मन्दिर नजिकै आक्रमणकारीले उनको हत्या गरेका हुन् । सो आन्दोलनको नेतृत्व महोत्तरीको गौशाला नगरपालिका–२ घर भएका लक्ष्मी महतोले गरेका थिए ।

एमालेबाट चुनाव जितेका कोइरीविरुद्ध प्रेम बहादुर विकले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । सो मुद्दामा तारेख गुजारेर उनी फरार छन् ।

- Advertisement -

राष्ट्रसेवक कर्मचारी हत्या अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । २०७७ मंसिर १९ मा जनकपुर उच्च अदालतले जारी गरेको ‘वारेन्ट’का कारण उनी प्रहरीको ‘खोजी सूची’मा छन् ।

अदालतबाट जारी पक्राउ पुर्जी प्रहरीसँग छ । प्रधान कार्यालयले सो पुर्जी अहिले देशभरका प्रहरी युनिटहरुमा पठाएको छ । तर, अहिलेसम्म कोइरी पक्राउ नपरेको भन्दै पीडित परिवारले उनलाई पक्राउ गर्न माग गरेका छन् । थमनकी भाउजू कमलाले रातोपाटीसँग भनिन्, ‘न्याय खोज्न काठमाडौँ आएका हौँ, न्याय नपाएसम्म फर्किँदैनौँ ।’

थमनका परिवार नेपालगन्ज–२५ शान्तिनगरबाट काठमाडौँ आएर कानुन कार्यान्वयन गर्ने निकायका अधिकारीहरूसँग भेटघाट थालेका छन् । प्रधानमन्त्री, उप प्रधान एवं गृहमन्त्री र आईजीपीलाई भेटेर कोइरीलाई पक्राउ गर्न दबाब दिने कमलाले बताइन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार