मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...

गढीमाई मन्दिरमा खिचडी पर्वको...

बारा, वीरगञ्ज – माघे सङ्क्रान्ति तथा खिचडी पर्वको अवसरमा बारा जिल्लाको बरियारपुरस्थित गढीमाई...

कलैया उपमहानगरको हिउँदे नगर...

बारा,२९ पुस । बाराको कलैया उपमहानगरपालिकाको १४ औँ हिउँदे नगर सभा सोमबार सम्पन्न...

पर्साको पटेर्वा सुगौलीमा तीन...

बीरगन्ज,२९ पुस । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले पहिलो पटक माघी पर्वको अवसरमा माघी...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_imgspot_imgspot_img

एनसेल शेयर खरिदबिक्रीविरुद्ध रिटको सुनुवाइ न्यायाधीश शर्माको इजलासमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२५ मंसिर । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्रीविरुद्ध प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी न्यायाधीश विनोद शर्माको इजलासमा परेको छ ।

- Advertisement -

सांसद सिंहले गत शुक्रबार दायर गरेको रिटमा हिजो न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको भए पनि हेर्न नभ्याइनेमा परेको थियो ।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानिनोक्सानी हुने गरी अपारदर्शी ढंगले शेयर खरिदबिक्री भएको दाबी गरेका छन् । निवेदनमा शेयर खरिदबिक्रीलाई मान्यता नदिन पनि माग गरेका छन् ।

- Advertisement -

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको छ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार