बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दक्षिण कोरियामा नयाँ डाक्टर...

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक...

दक्षिण कोरियाको जन्मदर झनैघट्यो

विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले...

शेयर बजार सामान्य घट्याे,...

काठमाण्डाै 17/11/080– शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से...

आज – १७ फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले...
16.1 C
Kathmandu
21.5 C
Birgunj

कृषिप्रधान देशमा ६ महिनामै साढे १७ अर्बकाे तरकारी आयात

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०९ माघ । सरकारले कृषि र पशुपालनको क्षेत्रलाई विशेष प्राथमिकता दिएको दाबी गरे पनि ६ महिनामा अर्बाैँ रुपैयाँको कृषिजन्य वस्तु आयात भएको छ ।

- Advertisement -

भन्सार विभागका अनुसार विदेशबाट हरिया सागपात र तरकारी, माछामासु, घिउ तेल, दाल चामल, कोदो मकै लगायतका खाद्यान्न ल्याउन अर्बाैँ रुपैयाँ विदेशिएको छ । साउनदेखि पुससम्म २२ अर्ब २२ करोड रुपैयाँ भन्दा धेरैको खाद्यान्न मात्रै आयात भएको छ ।

नेपालकै पाखा पखेरामा मनग्य फलाउन सकिने कोदो पनि विदेशबाटै आएको छ । ६ महिनामा भारतबाट झन्डै ४४ करोड रुपैयाँको कोदो भित्रिएको छ । खाद्यान्न उद्योगका लागि चाहिने खाद्यान्न मात्रै १४ अर्ब रुपैयाँको आयात भएको छ । १७ अर्ब रुपैयाँको बिउबिजन भित्रिएको छ ।

- Advertisement -

यस्तै २५ अर्ब ३४ करोड रुपैयाँको घिउ तेल, १७ अर्ब ५० करोड रुपैयाँको तरकारी, १० अर्ब ७३ करोड रुपैयाँको फलफूल, १४ अर्ब ३८ करोड रुपैयाँको दुग्धजन्य पदार्थलगायतका वस्तु पनि आयात भएको छ ।

हरिया सागपातदेखि धान चामलसम्म विदेशबाटै किन्नुपर्ने भएपछि नेपाललाई कृषिप्रधान देश किन भनिन्छ भन्ने विषयमै बहस हुन थालेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार