बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दक्षिण कोरियामा नयाँ डाक्टर...

काठमाण्डौ 1/11/080– दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक...

दक्षिण कोरियाको जन्मदर झनैघट्यो

विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले...

शेयर बजार सामान्य घट्याे,...

काठमाण्डाै 17/11/080– शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से...

आज – १७ फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले...
16.1 C
Kathmandu
21.5 C
Birgunj

मुलुकको आर्थिक विकास अहिलेको आवश्यकता : अध्यक्ष ठाकुर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२० माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मुलुकको आर्थिक विकास अहिलेको आवश्यकता एवं मुख्य कार्यभार भएको बताएका छन् । महोत्तरीको मटिहानी–१ धिरापुरमा लोसपा नेपाल मटिहानी नगरसमितिले आज आयोजना गरेको ‘जनताकाबिच जनप्रतिनिधि’ कार्यक्रममा उनले समृद्धि अभियानमा सबै दलले समान दायित्वबोध लिनुपर्ने उल्लेख गरे ।

- Advertisement -

“एकले अर्कोतिर औँला ठड्याउने होइन, समृद्धिका लागि हातेमालो गर्नुपर्छ”, महोत्तरी क्षेत्र नं ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुरले भने, “मुलुकको आर्थिक समृद्धि बेगर हाम्रो सुखद यात्रा अघि बढ्न सक्दैन ।” नेता ठाकुरले फरक प्रसङ्गमा सङ्घीयतासहितको गणतन्त्रात्मक संसदीय व्यवस्था संसारकै उच्चतम लोकतान्त्रिक व्यवस्था भएको उल्लेख गरे । अहिले तत्काल केन्द्रीय सरकार फेरबदलको सम्भावना आफूले नदेखेको उनले बताए ।

मधेस प्रदेशसभा सदस्य तथा लोसपा नेत्री रानी शर्मा तिवारी र मटिहानीका नगरप्रमुख तथा लोसपाका महामन्त्री हरिप्रसाद मण्डलले वर्तमान राजनीतिक परिस्थितिबीच आफ्नो दल जिम्मेवारीबोधका साथ अघि बढेको बताए ।

- Advertisement -

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार