बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

दुग्ध किसानद्वारा देशभरको विभिन्न...

काठमाडौँ,१७ फागुन । दुग्ध किसानले बिहीबार देशभरको विभिन्न स्थानमा चक्काजाम गरेका छन् ।...

अरूको जग्गा देखाएर भिडियो...

बारा,१७ फागुन । मकवानपुरमा नेपाल सरकारका कर्मचारी भएर बारास्थित अरूको जग्गा देखाएर भिडियो...

गठबन्धन भत्किन नदिन प्रचण्डलाई...

काठमाडौँ,१७ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा अध्यक्ष कसले...

बानेश्‍वर र सिंहदरबारको फुटपाथमा...

काठमाडौँ,१७ फागुन । बानेश्‍वरको संघीय भवन र सिंहदरदरबार वरपरको फुटपाथमा लगाएको निषेधित क्षेत्र...
16.1 C
Kathmandu
21.5 C
Birgunj

प्याब्सन टि २० क्रिकेटको शिल्ड मनकामनाले उचाल्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज,२० माघ – वीरगंजको आदर्श नगर खेल मैदानमा सम्पन्न भएको प्याब्सन नकाउट टि २० क्रिकेट प्रतियोगिताको उपाधी कनकामना माविले उचालेको छ । शनिवार फाईलन उपाधीको लागि सम्पन्न भएको खेलमा एमईएस स्कुललाई २४ रनले हराउँदै मनकामना मावि विजयी भएको हो ।

- Advertisement -

मनकमाना माविले दिएको १५३ रनको लक्ष्य पुरा गर्ने क्रममा एमईएस स्कुले १२९ रनमै सबै बिकेट गुमाएपछि मनकामनाले उपाधीमाथी कब्जा गरेको हो । १८.३ ओभरमा एमईएसले आफ्नो सबै विकेट गुमाएको थियो । खेलमा सबै भन्दा बढी रन बनाउँने मनकामना माविका सन्नी कुशवाहा म्यान अफ द म्याच घोषणा भएका थिए । उनले मनकामनालाई जिताउँन एकलै सार्वधिक ७२ रनको योगदान दिएका थिए ।

- Advertisement -

त्यसैगरी दोस्रो स्थान एमईएस स्कुल र तेस्रो स्थान साउथ जोन माविले प्राप्त गरेको छ । तेस्रो स्थानको लागि भएको खेलमा गौतम माविलाई हराउँदै साउथ जोनले तेस्रो स्थान पक्का गरेको थियो । खेलका विजेता टिमलाई वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अविन्दलाल कर्णले शिल्ड तथा ट्रफी प्रदान गरेका थिए । प्रतियोगिताको समापन सत्रमा वीरगंज महानगरपालिकाका उपप्रमुख इतियाज आलम,प्याब्सनका पर्साका अध्यक्ष पुरण प्रधान,बरिष्ठ उपाध्यक्ष सरोज चौधरी,त्यसैगरी प्याब्सन वीरगंज महानगर अध्यक्ष आलोक चौरसिया,शिव गुप्ता,राहुल श्रीवास्तव,अशोक संग्रौला लगायतका प्याब्सनका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो । खेलको मध्यान सम्म धरमाराएको मनकामना माविको टिमले अन्ततिर आएर खेललाई सम्हालेका थिए । मनकामना माविका प्रिन्सिपल समेत रहेका प्याब्स पर्साका अध्यक्ष पुरण प्रधानले जित निकालेको खण्डमा खेलाडीहरुलाई ५० हजारको राशी पुरस्कार स्वरुप दिने घोषणा गरेपछि उत्साहित भएका बिधार्थी खेलाडीहरुले मनकामनाको जित पक्का गरेका थिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार