बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025
बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025

५४ लाख धरौटीमा लामिछानेलाई...

चितवन, २४ माघ । साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका...

डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा,...

एजेन्सी, २४ माघ । ब्यूनस आयर्स — अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

मधेशमा प्रदेश लोकसेवाद्धारा ५२...

जनकपुर, २४ माघ । मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती वन सेवाको सहायक...

बाराको इटियाहीमा श्री शिवशक्ति...

वीरगन्ज,२४ माघ । बाराको विश्रामपुर गाउँपालिका-५ इटियाहीमा बिहीबारदेखि श्री शिवशक्ति कोटी होम महायज्ञ...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
10.7 C
Birgunj
spot_imgspot_imgspot_img

१९ वर्षमुनिको विश्वकप क्रिकेटकाे उपाधि अस्ट्रेलियालाई, भारत ७९ रनले पराजित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको उपाधि चौथो पटक जितेको छ ।

- Advertisement -

दक्षिण अफ्रिकाको बेनोनीमा हिजो भएको फाइनलमा २ सय ५४ रनको लक्ष्य पछ्याएको भारतले खराब प्रदर्शन गर्दै ४३ ओभर ५ बलमा अलआउट भएर जम्मा १ सय ७४ रनमात्र बनाएपछि अस्ट्रेलिया ७९ रनले विजयी भयो । भारतका लागि मुसिर खानले २२‚ आदर्श सिंहले ४७ रन र मुरुगन अभिषेकले ४२ रन तथा नमन तिवारीले १४ रन बनाए ।

अस्ट्रेलियाका लागि महली बेयर्डम्यान र र्याफ म्याकमिलनले ३/३ विकेट‚ क्यालम विडलरले २ विकेट र चार्ली एन्डरसन तथा टम स्ट्रेकरले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ५३ रन बनायो ।

- Advertisement -

अस्ट्रेलियाका लागि हरजस सिंहले सर्वाधिक ५५ रन बनाए । कप्तान ह्युग वेबगेनले ४८ रन बनाउँदा ओलिभर पिक ४६ रनमा अविजित रहे। ह्यारी डिक्सनले ४२ तथा चार्ली एन्डरसनले १३ रन बनाए । बलिङतर्फ भारतका राज लिम्बानीले सर्वाधिक ३ विकेट र नमन तिवारीले २ विकेट लिए । यसअघि भारतले गएको वर्ष समेत गरेर अहिलेसम्म ५ पटक १९ वर्षमुनिको विश्वकप जितेको थियो ।

अस्ट्रेलियाले भने यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको थियो ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार