रौतहट,०३ चैत । रौतहट र बारा सङ जोडिएको भारतीय सीमा क्षेत्रबाट तस्करी हुँदै नेपाल भित्र्याउन लागिएको ठुलो परिमाणमा काँचो केरा भारतीय सुरक्षा टोलीले बरामद गरेको छ।भारतीय सीमा सुरक्षा बल एसएसबीको ७१ बटालियनको इन्टेलिजेन्स सेटअपबाट प्राप्त सूचनाका आधारमा आईएनबी सीमा स्तम्भ नम्बर ३५६–३ नजिक पिठवा गाउँ क्षेत्रमा संयुक्त सुरक्षा टोलीले सोमबार राति साढे ९ बजे अपरेसन सञ्चालन गरेको थियो।
प्राप्त सूचनाअनुसार एफ कम्पनी जमुनियाको टोलीले झरोखर प्रहरी चौकीसँग समन्वय गरी संयुक्त रूपमा नाका निगरानी गरेको थियो। सो क्रममा केही व्यक्तिहरू टाउकोमा कार्टुन बोकेर तथा मोटरसाइकलमार्फत भारतबाट नेपालतर्फ आउँदै गरेको...