मङ्लबार, अशोज १, २०८१
Tue, September 17, 2024

२ महिनामा सरकारले १...

काठमाडौँ,०१ असाेज । चालु आर्थिक वर्ष २०८१÷८१ को साउन र भदौ महिनामा सरकारले...

एनआरएनए आधिकारिकता विवादमा मिसिल...

काठमाडौँ, १ असाेज । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आधिकारिकता विवादमा अहिलेसम्म...

खोलाले बगाएर बेपत्ता ...

त्रिशूली,०१ असाेज । दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन पर्नुपूर्व स्नान गर्ने...

वीरगन्जबाट ब्राउन सुगरसहित...

वीरगन्ज, १ असोज । वीरगन्जबाट लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ...
26.1 C
Kathmandu
32.5 C
Birgunj

कार्यालय भ्रष्टाचार शून्य होस्

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सामा तिन दिनको अन्तरालमा दुई कार्यालयमा अख्तियारले छापा मारेको छ । राज्यमा भ्रष्टाचारजन्य क्रियाकलाप रुक्न सकिरहेको छैन । सरकारी कार्यालयहरुमा हुने भ्रष्टाचारका घट्नाहरु बिरलै कुनै यस्तो दिन होला जुन दिन सन्चारमाध्यमा सामाचार नआएको होला । भ्रष्टाचारजन्य कृयाकलाप गर्नेहरुको लागि शख्त कानुनी व्यवस्था छ । तरपनि, पूर्ण निषेधित हुनसकेको छैन । भ्रष्टाचारका आरोपित कर्मचारीहरुको लागि हरेक कार्यालयले भ्रष्टाचारको प्रकृति अनुसार आन्तरिक कार्यवाहीको समेत व्यवस्था गरेको हुन्छ, तर आरोप लाग्छ, कार्यवाहीको नाटक मन्चन हुन्छ र आरोपित बाईज्जत सफाई पाउँछन ।

- Advertisement -

केहि बर्षयता कार्यवाहीको सम्पूर्ण ठेक्का अख्तियारकोे हातमा गएको जस्तो अनुभुति हुन थालेको छ । घुसजन्य क्रियाकलाप यकिन गर्ने बितिकै आममानिस त्यस कार्यालयको प्रमुखलाई गुनासो नगरि सिधै अख्तियारलाई सूचना दिने गरेको प्रचलन बढ्न थालेको छ । यसको मुख्य कारण हो, कार्यालय प्रमुखहरु प्रतिको आममानिसको बिस्वास हराउनु । सर्वसाधारणको चियोचर्चो अनुसार भ्रष्टाचारजन्य क्रियाकाप हुनुमा कार्यालय प्रमुखहरुको इशाराले नै प्रस्रय पाएको हुन्छ । कार्यालयहरुमा हुने भ्रष्टाचारको कृयाकलाप कार्यालय अनुसार फरक फरक हुने गर्दछ ।

भ्रष्टाचारका किसिमहरु धेरै भएपनि सरकारी कार्यालयहरुमा मुख्यरुपमा दुई किसिमको भ्रष्टाचार हुने गर्दछ । पहिलो, सेवाग्राहीसँग राजस्व वाहेक लिइने अतिरित्त राशि हो भने दोस्रो कार्यालय प्रयोजनको निम्ति सामान खरिदमा हुने गर्दछ । पहिलो किसिमको भ्रष्टाचारमा रकम चाहिँ एजेन्ट मार्फ्त तल्लो तहको कर्मचारीको हाथ हुँदै प्रमुख सम्म पुग्ने गर्दछ । दोस्रो किसिमको भ्रष्टाचारमा कार्यालय प्रमुखको इशारामा चल्ने बिश्वास पात्र कर्मचारी मार्फत कार्यालय प्रयोजनको सामान खरिदमा भ्रष्टाचार हुने गर्दछ । सेवाग्रहीको बढी चाँप हुने कार्यालयहरुमा एजेन्टले सेवाग्राहीसँग लेनदेनको कुरा गर्ने र प्राप्त घुसको रकमबाट आफ्नो भाग निकालेर कर्मचारीलाई दिन्छन ।

- Advertisement -

कर्मचारीले आफनो भाग निकालेर दिनभरिको कार्यको लिष्टका साथ शेष रकम हाकिमलाई बुझाउने गर्दछन् । र, हाकिमको हाकिम कँहा समेत समय समयमा लाभान्श रकम पुग्ने गर्दछ । अब सजिलै अनुमान गर्न सकिन्छ, कसले कसलाई कार्यवाही गर्ने ? आन्तरिक कार्यवाही किन फितलो भएको होला ? भ्रष्टाचार किन प्रस्रय पाएको हो ? आममानिसको बिश्वास कार्यालय प्रमुखबाट किन हराएको हो ?
यदि भ्रष्टाचार नियन्त्रण गर्नसक्नु हुन्न भने हाकिम हुनुको के अर्थ ? लाज मानेर भएपनि आजै देखि भ्रष्टाचार शून्य कार्यालय बनाउन सक्नुपर्छ । राजनितिक दबाव होस वा केन्द्रिय तहका कार्यालयबाट, नजराना दिने जति फोर्स भएपनि कानूनी तरिकाले प्रतिकार गर्ने आँट गर्नसक्नु पर्छ । तपाईपनि अख्तियारको सहारा लिन सक्नुहुन्छ ।

 

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार