spot_img

प्रस स्वतन्त्रताको अवसरमा वीरगन्जमा प्रभात फेरी

spot_img
spot_img

वीरगन्ज,२० बैशाख –  विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा नेपाल पत्रकार महासंघ पर्साले वीरगन्जमा प्रभातफेरी निकालेको छ । विश्व प्रेस स्वतन्त्रता दिवस सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा यस वर्ष नेपालमा ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ बिभिन्न कार्यक्रमहरु गरी मनाईदै छ ।

यसै विच प्रेस स्वतन्त्रता दिवसको अवसरमा वीरगन्जमा प्रभात फेरी निकालेको छ । वीरगन्जको घण्टाघर देखि शुरु भएको प्रभात फेरी माईस्थान सम्म पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई नेपाल पत्रकार महासंघ पर्साका पर्साका सभापती श्याम बन्जाराले सम्बोधन गर्दै नेपालको सम्पूर्ण पत्रकारहरु एकजुट हुनु पर्ने तथा प्रेसलाई सरकारले नियन्त्रण गर्ने गरीरहेको प्रयासलाई निषेद पार्ने अभियानमा लाग्नु पर्ने धारण राख्नु भयो । त्यसै गरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश नं. २ उपाध्यक्ष केसी लामेछानीले हाल सम्म नेपालको पत्रकारिता इतिहासमा ३० भन्दा बढी पत्रकारहरु सहादत प्राप्त गरेको चर्चा गर्दै नेपालको पत्रकारिता नाङ्गो खुखुरीको धारमा माथी हिडने. सरह रहेको वताउनु भयो ।

हालको दुई तिहाइको सरकारले प्रेस स्वतन्त्रतालाई संकुचित गर्ने काकुनहरु वनाउँन लागेको चर्चा गर्दै वहाँले साईवर अपराधको नाममा प्रेसलाई कन्ट्रोल गर्ने खालका कानुनहरु बनाई प्रेस स्वतन्त्रणलाई संकुचित गर्ने काम गरीएको वताउनु भयो । वहाँले साईवर अपराधको नाममा पत्रकारलाई धरपडक गरी प्रेस माथी नै सरकारले प्रहार गरेको वताउनु भयो । उनले यसतो अवस्थामा साईवार क्राईमको धारा ४७ र धारा ४८ खारेज गर्नु पर्ने अभियानमा देशै भरीका संचरकर्मी पत्रकारहरु एकजुट हुनु पर्ने कुरामो जोड दिनु भयो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय