माध्यमीक तह शिक्षा परिक्षा (एसईई) सकिएको करिब २० दिन हुन लाग्यो । अबको केही समयमा एसईई दिएका विधार्थीहरुले एसईईको नतिजा प्राप्त गर्नेछन् । नतिजा प्राप्त गरेपछि प्लस् टुमा कुन विषय अध्ययन गर्ने भन्ने दोधारमा हुनेछन् विधार्थीहरु । कतिपय विधार्थी, साथीहरुको लहलहैमा लागेर प्लस टुमा अध्ययन गर्ने विषय छनोट गर्छन् भने कतिपय पारिवारिक सल्लाह बमोजिम विषय छनोट गर्छन् ।
यसरी पारिवारिक सल्लाह र साथीहरुको लहलहैमा लाग्दा आफु भित्रको प्रतिभा ओझेल पर्न सक्छ । कतिपय अवस्थामा चिकित्सक बन्न नचाहेको विधार्थीले पनि साथीहरुको लहलहैमा लागेर प्लस टुमा विज्ञान विषय अध्धयन गरिरहेको हुन्छ भने व्यवस्थापनमा बिल्कुलै रुचि नभएको विधार्थीले पारिवारिक सल्लाह बमोजिम व्यवस्थापन पढीरहेको हुन्छ ।
यस अर्थमा एसईई पछि प्लस टु मा अध्ययन गर्ने विषयको छनोट कसरी गर्ने त ? भन्ने विषयमा विगत १ दशक देखि शैक्षिक क्षेत्रसँग जोडिएका एवम् वीरगञ्ज कलेजका निर्देशक प्रेम पटेल र नेपालपोष्टडेलि बिच कुराकानी भएको छ :
१. सबभन्दा पहिला, वीरगञ्जमा हालको शैक्षिक अवस्था कस्तो छ ?
अवस्था अहिले ठिक छ । लगभग सबैले गुणस्तरिय शिक्षामा जोड दिएर अघि बढ्नुभएको छ । विधार्थी पनि सचेत भएका छन् । समग्रमा अवस्था सुधारोन्मुख छ ।
२. ब्रिज कोर्स भन्नाले के ?
अंग्रेजीमा ब्रिज र नेपालीमा पुल् । खासमा एसईई दिईसकेका विधार्थीहरुको मनमा एक किसीमको डर हुन्छ । कक्षा ११ मा के पढाईने होला भन्ने । त्यही कक्षा ११ मा पढाईने विषयहरुको झझल्को ब्रिज कोर्समा दिईन्छ । एसईई र कक्षा ११ बिच को अन्तरलाई घटाउने काम ब्रिज कोर्सले गर्छ ।
३. एसईई पछि ब्रिज कोर्सको महत्व कतिको छ ?
एसईई पछिको खाली समयलाई उपयोग गर्ने सबभन्दा सरल र राम्रो तरिका हो ब्रिज कोर्स ।
४. ब्रिज कोर्स नगर्दाका बेफाईदा ?
ब्रिज कोर्स गरिएन भने एसईई पछिको समय फाईदाजनक नहुन सक्छ ।
५. प्लस टु अध्ययन गर्दा विषय कसरी छनोट गर्ने ?
विधार्थी आफु कुन विषय र क्षेत्रमा उत्कृष्ट गर्नसक्छु भन्ने कुरा सबभन्दा पहिला पहिचान गर्नुपर्छ । साथीको लहलहै अथवा परिवारले यो विषय पढ्न भनेको छ भन्दै आफुले सक्दै नसक्ने विषय छनोट गर्नेहैन । जुन विषयमा रुचि छ उतै लाग्नुपर्छ ।
६. जस्तो कि, एसईईमा आएको नतिजा बमोजिम पनि विधार्थीहरुले विषय छनोट गर्छन् । यदि विज्ञानमा राम्रो नम्बर आएको छ भने विधार्थीले प्लस टु मा विज्ञान नै रोज्छ । यसरी छनोट गर्नु कतिको उपयुक्त छ ?
यदि बाल्यकाल देखिनै विज्ञानमा राम्रो हो भने विज्ञान प्लस टुमा विज्ञान पढ्ने निर्णय उत्कृष्ट हुनसक्छ । तर, यदि केही गरि एसईईमा मात्र विज्ञानमा राम्रो अंक आउँदैमा प्लस टुमा पनि विज्ञान रोज्नु अलिक नमिल्ला ।