spot_img

“हाजिर भए ठोरीका निमित्त प्रशाशकीय अधिकृत धर्मराज थापा”

spot_img
spot_img

ठोरी गाउँपालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत धर्मराज थापाले आजदेखि गाउँपालिका कार्यालयमा कार्यभार सम्हालेका छन् ।निमित्त प्रशाशकीय अधिकृत थापा गाउँपालिका कार्यालय घ्याङ्डाडामा हाजिर भएसंगै आज कार्यभार सम्हालेका हुन् । गाउँपालिका कार्यालयमा हाजिर हुन आइपुगेका निमित्त अधिकृत थापालाई गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठ ,वडाध्यक्षहरु राम प्रकाश कुवर ,किशोर तामाङ ,सुर्य बहादुर लामा,बई बहादुर पाख्रीन,राम बहादुर पाख्रीन,कानुनी सल्लाहकार सन्तोष ढुङ्गेल लगायतका गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुले स्वागत गरेको युवा नेता निमा लामाले जानकारी दिए । यस अघिका प्रमुख प्रशाशकीय अधिकृत नवीन लामा सरुवा भई अन्यत्र गएपछि रिक्त रहेको प्रशासकीय अधिकृत पदमा निमित्त प्रमुखका रुपमा थापा हाजिर भएका हुन् ।सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशाशकीय अधिकृत हाजिर नहुन्जेलसम्मका लागी निमित्त प्रशाशकीय अधिकृतका रुपमा कामकाज गर्ने गरी थापालाई पठाएको हो। थापा यसअघि पोखरीया नगरपालिकाको कार्यालयमा कार्यरत थिए ।

यसैबीच ठोरी गाउँपालिकाको सेवा केन्द्र स्थानान्तरण सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दाको गाउँपालिकाले कानुनी प्रतिवाद गर्ने भएको छ।गाउँपालिका कार्यालय घ्याङडाडामा बसेको आजको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो।बैठकले गाउँपालिका कार्यालय र अध्यक्ष समेतलाई विपक्षी बनाई दायर भएको मुद्दाको प्रतिवाद गर्न कानुन व्यवसायी छ्नोट गर्ने ,मुद्दाको म्याद तामेली गर्ने लगायतका मुद्दा प्रतिवादका लागी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठलाई अधिकार प्रत्यायोजन गर्ने भनी निर्णय गरेको गाउँपालिकाका कानुनी सल्लाहकार सन्तोष ढुङ्गेलले जानकारी दिए। गाउँपालिका कार्यालय घ्याङडाडामा गाउँपालिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा वडाध्यक्षहरु राम प्रकाश कुवर ,किशोर तामाङ ,सुर्य बहादुर लामा,बई बहादुर पाख्रीन लगायतका गाउँ कार्यपालिका सदस्यहरुको उपस्थि

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय