बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

सेफ्टी ट्याङ्करमा ४७५...

काठमाडौँ,१७ फागुन । सेफ्टी ट्याङ्करको सिटमुनि ४७५ बोतल लागुऔषध फेला परेको छ...

बाराप्रहरीद्धारा सामानसहित ट्रक नियन्त्रणमा

बारा,१७ फागुन । बारा प्रहरीले बिल भन्दा बढी स्रोत खुल्न नसकेको सामान सहित...

मुआब्जा बिवादको कारणले निर्माण...

बाार,१७ फागुन । मुआब्जा बिवादको कारण निर्माण हुन नसकेको बाराको मटिअर्वा–कलैयाؘ–मानमत सडकखण्ड अन्तर्गतको...

बहुदरमाईमा नि:शुल्क आँखा शिविर...

बीरगन्ज,१७ फागुन । पर्साकाे बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित श्री भङ्गी साह नेरामाविमा नि:शुल्क आँखा...
21.1 C
Kathmandu
28.8 C
Birgunj

कांग्रेस बैठक : तीनवटा विधेयक फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई तीनवटा विधेयक फिर्ता लिन चेतावनी दिएको छ । मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोगसँग सम्बन्धित विधेयक र राष्ट्रिय सुरक्षा परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धि विधेयक तत्काल फिर्ता लिन सरकारलाई कांग्रेसले चेतावनी दिएको हो ।

- Advertisement -

मंगबार सिंहदरबारमा बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले यी तीनवटा विधेयकहरु संविधानका प्रस्तावना र प्रावधान विपरित रहेको र संविधानको प्रतिकुल हुने गरि विधेयक आएका कारण यसलाई तत्काल फिर्ता गर्न सरकारलाई दबाव दिने निर्णय गरेको हो ।

बैठकपछि बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले यी विधेयकले प्रेस स्वतन्त्रतालाई कुन्ठित गरेको, मानअधिकारलाई कमजोर बनाउने र राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई पनि निष्प्रयोजन गर्ने दाबी गरे ।

- Advertisement -

उनले राष्ट्रिय सुरक्षाका हिसावले पनि गम्भीर खालका र गम्भी प्रतिवन्ध ल्याउनेन खालको भएका कारण यी विधेयकलाई फिर्ता लिनुको विकल्प नभएको बताए ।

‘यदी सरकारले संयता पूर्वक विधेयक फिर्ता लिएर गयो भने स्थिति सहजीकरण हुने छ’ प्रमुख सचेतक खाँडले भने,‘ यदी जबरजस्ती सदमा प्रवेश गर्न खोज्यो भने सदन मा र सडकमा कांग्रेसले शक्ति प्रदर्शन गर्ने छ ।’

कांग्रेस सदैव मानवअधिकारको पक्षमा रहेको भन्दै प्रमुख सचेतक खाँडले स्तन्त्र पत्रकारिकता र लोकतन्त्र एउटै सिक्काको दुईवटा पाटा भएको बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार