Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

पाँच वर्ष भित्र तीन ओटा सरकारी मेडिकल कलेज स्थापना हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ  ८ जेष्ठ — सरकारले बर्दिवास, बुटवल र सुर्खेतमा मेडिकल कलेज सञ्चालनका लागि प्रारम्भिक कार्य तीव्र गतिमा अगाडि बढाएको छ ।

यहि गतिमा काम भए आगामी दुइवर्ष्भित्र तीनसय शैयाको अस्पताल र पाँच वर्ष्भित्र मेडिकल कलेज पूर्ण रुपमा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्ने नीति अनुसार प्रदेश २ को बर्दिवास, प्रदेश ५ को बुटवल र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज सञ्चालन गर्न लागेको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले तीनवटै स्थानमा आगामी पाँच वर्ष्भित्र मेडिकल कलेज सञ्चालन गर्ने गरी काम अघि बढेको जानकारी दिनुभयो ।

बुटवल र बर्दिवासमा कलेज सञ्चालन गर्ने काम तीव्र गतिमा अघि बढेको छ, केसीले भन्नुभयो । सुर्खेतमा पनि केही समयपछि द्रुत गतिमा काम अघि बढ्नेछ ।

बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका प्रमुख देवी सुवेदीले हाल भइरहेको गतिमा काम अघि बढे तीन वर्ष्भित्र तीनसय शैयाको अस्पताल सञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।

उहाँले पाँच वर्ष्भित्र कलेजलाई पूर्ण रुपमा तयार गरी पठनपाठन समेत सुरु गर्ने बताउनुभयो । उहाँले सरकारको नीति अनुसार मेडिकल कलेजको लागि जग्गा पहिचान भइसकेको जानकारी दिँदै कलेज सञ्चालनका लागि कार्यालयसमेत स्थापना गरेर काम सुरु गरिएको बताउनुभयो ।

चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्ने उद्देश्य अनुसार बर्दिवास, सुर्खेत र बुटवलमा तीव्र गतिमा काम भइरहेको छ, कलेज निर्माण आयोजना प्रमुख सुवेदीले भन्नुभयो,“चालु आर्थिक वर्षमै हामीले सम्भाव्यता अध्ययन गरी माटो परीक्षण गरिसक्नेछौं ।”

डीपीआरको काम साउनबाट सुरु गरेर कात्तिकसम्म सक्ने लक्ष्य बनाएका छौँ सुवेदीले भन्नुभयो । मेडिकल कलेज सञ्चालनको लागि सरकारले प्रारम्भिक चरणमा प्रत्येक वर्ष तीनवटै मेडिकल कलेजको लागि १०–१० करोड रुपियाँ छुट्याइएको छ।

जग्गा सम्बन्धी सर्भे, ईआईए, मास्टरप्लान, डीपीआर , कार्यालय स्थापना लगायतका कामका लागि सरकारले उक्त रकम छुट्याएको हो ।

हाललाई मेडिकल कलेजको कुनै पूर्वाधार नभएकोले विश्वविद्यालय अनुदान आयोगमार्फत उक्त रकम छुट्याइएको हो ।
आफूले बर्दिवास कलेजको जिम्मेवारी पाएपछि आयोजनाले यसअघि गरेको कामबारे अध्ययन गरी अन्य काम अघि बढेको उहाँको भनाइ छ ।

मेडिकल कलेज सञ्चालन कार्य्विधि यसअघि नै मन्त्रीस्तरीय निर्णय गरी अघि बढेको छ। मन्त्रिपरिषद्ले तीन जना अधिकृत, तीनजना सहायक र एकजना श्रेणीविहीन कर्मचारीको दरबन्दी पनि स्वीकृत गरिसकेको छ ।

गत चैत ८ गते बुटवल र वैशाख १८ गते वर्दिवास मेडिकल कलेजको शिलान्यास समेत भइसकेको छ ।

सम्भाव्यता अध्ययन गर्ने काम ,ती ठाँउमा मेडिकल कलेज बनाउन उपयुक्त हुन्छ हुँदैन भनेर माटो परीक्षण गर्ने काम भइरहेको छ, सुवेदीले भन्नुभयो,“चालु आर्थिक वर्षमा यी काम सम्पन्न गरीसकेपछि साउनबाटै वातावरण मुल्याङ्कनको काम सुरु भई कात्तिक सम्म सकिनेछ ।” उहाँले मेडिकल कलेज सञ्चालन गर्ने सबै जग्गा वन मन्त्रालय अन्तर्गत रहेको भन्दै माटो परीक्षणपछि मेडिकल कलेजको नाममा भोगाधिकार लिने काम अघि बढ्ने बताउनुभयो ।

हाललाई वन मन्त्रालयसँग सहमति लिएर काम अघि बढिरहेको छ । आर्थिक वर्ष २०७७÷०७८ देखि पूर्वाधार निर्माणको काम सुरु हुने भन्दै उहाँले आगामी पाँच वर्ष्भित्र मेडिकल कलेज सञ्चालनमा आउने बताउनुभयो ।

दुईवर्षमा तीन सय बेडसम्मको अस्पतालको भवन र केही प्राविधिक पूर्वाधार निर्माण सम्पन्न भइसकेछि अस्पताल सञ्चालन गरिने छ । अस्पताल सञ्चालन भएको तीन वर्षपछि मेडिकल कलेज पूर्ण रुपमा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

पाँचवर्ष्भित्र सम्र्पूण काम सक्न केन्द्रीय सरकार,स्थानीय र प्रदेश सरकारले पनि पूर्ण साथ दिनुपर्ने भन्दै स्थानीय जनता, सरोकारवाला निकाय, ठेकेदार कम्पनी लगायतले पूर्ण सहयोग गरेमा पाँच वर्ष्भित्र मेडिकल कलेज पूर्ण रुपमा सञ्चालनमा आउने बताउनुभयो ।

यता बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका प्रमुख मानबहादुर घिमिरे बुटवलमा पनि तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो । उहाँले मास्टरप्लान तयारी गर्ने चरणमा रहेको भन्दै जग्गाको सर्भे भइरहेको बताउनुभयो ।

उहाँले बुटवलमा पनि दुईदेखि अढाई वर्षमा निर्माण सम्पन्न गरेर अस्पताल सुरु गरिसक्ने जानकारी दिनुभयो ।

उहाँले सरकारको प्राथमिकतामा पर्ने भएकोले बजेटको कारण नरोकिने बताउनुभयो । अहिले बुटवलमा पहिचान भइसकेको जग्गा दुई सय बिघा रहेको छ ।

ताजा समाचार

थप समाचार