मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.9 C
Birgunj

सामान्य चोरलाई डाँकालाई जसरी अनुसन्धान नगर्न प्रहरी महानिरीक्षक खनालको निर्देशन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले सामान्य चोरलाई डाँका बनाउने किसिमले अनुसन्धान नगर्न प्रहरीलाई निर्देशन दिएका छन् । एउटा मोवाइल चोरी गर्नेलाई पनि अनुसन्धानको नाममा १५/२० दिन राखिए उनीहरुको मनोविज्ञानमा अर्काे असर पर्ने र पछि गएर अपराधिक मानसिकता पलाउन सक्ने उनको भनाइ छ ।

- Advertisement -

प्रदेश १ र २ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकलहरुको दोस्रो प्रादेशिक सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्दै प्रहरी प्रमुख खनालले सामान्य किसिमका घट्नालाई चाँडोभन्दा चाँडो अनुसन्धान गरेर टुँग्याउनुपर्नेमा जोड् दिए ।

‘सानो चोरी र सानो घट्नामा नियन्त्रणमा लिएर लामो समयसम्म थुनामा राखेपछि उनीहरु थप बदमास हुन सक्छन्,’ खनालले भने, ‘यसले हाम्रै समाजलाई थप घाटामा पुर्‍याउन सक्छ ।’

- Advertisement -

सामान्य चोरलाई लामो समयसम्म थुनिए उनीहरु निस्किँदा डाँका समेत बन्न सक्ने भएकाले उनीहरुलाई समाजमा सुध्रने मौका दिनका लागि अनुसन्धान र अभियोजनको काम तत्कालै गर्नुपर्ने बताए ।

विवकेपूर्ण तरिकाले समयमै काम गर्दा अनुसन्धान र अभियोजन दुबै राम्रो हुने बताउँदै खनालले आफ्नो जिम्मेबारी निष्ठापूर्वक बहन गरे फौजदारी न्यायप्रणाली चुस्त दुरुस्त भएर जाने बताए ।

नेपाल प्रहरी र सरकारी वकिलको देश र जनताप्रतिको ठूलो जिम्मेवारी भएकाले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक बहन गर्नुपर्नेमा जोड् दिए ।

इमान्दारीबाट कुनै एक पक्ष चुकेमा न्यायप्रणाली कमजोर हुन सक्ने भएकाले नियतलाई ठीक राख्नुपर्ने बताए । ‘नियत ठीक राखेर अघि बढौं र अनुसन्धानकर्ताले त्रुटि नगरौं तथा वकिलहरुले म्याद गुजार्ने काम नगरौं,’ उनले भने, ‘यति गरिसकेपछि फौजदारी न्यायप्रणाली धेरै राम्रो हुन्छ । र, पीडितले चाँडै न्याय तथा पीडकले चाँडै कारबाही पाउँछन् ।’

महान्यायाधिबक्ता कार्यालयका सह-न्यायाधिबक्ता संजीवराज रेग्मीले एउटा निकायले मात्र राम्रो काम गरेमा फौजदारी न्याय प्रणाली सुदृढ हुन नसक्ने बताउँदै यी दुबै निकायबीचको सम्बन्ध अझ सुमधुर बनाउँदै इमान्दारीपूर्वक काम गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

‘सुदृढ फैजदारी न्याय प्रशासनको आधार, अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार’ भन्ने नाराका साथ महान्यायाधिबक्ता कार्यालयको सहकार्यमा प्रहरी प्रधान कार्यालय नक्सालले यो कार्यक्रमको आयोजना गरेको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा प्रदेश १ र २ का अनुसन्धान गर्ने नेपाल प्रहरीका अधिकृतहरु तथा सरकारी वकिलहरुको सहभागिता रहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -