[ndc-today-date]
[ndc-today-date]

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा...

दोलखा,०८ जेठ । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्...

राजावादीको आन्दोलनमाथि नै प्रतिबन्ध...

काठमाडौं,०८ जेठ । राजसंस्थाको पुनःस्थापनाको पक्षमा जुट्दै गरेका राजावादीहरूको आन्दोलनमाथि सरकारले कडा निगरानी...

ऋण तिर्न अटेर गर्दा...

काठमाडौं,०८ जेठ । दिगो पर्यटन सहकारीबाट लिएको ऋण समयमै नतिरेपछि नेकपा (एमाले) का...

सुनको मूल्य बढयो

काठमाडौँ,०८ जेठ । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । आज मात्र सुन...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

काठमाडौँमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु, विप्लव समूहको संलग्नता !

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । राजधानी काठमाडौंका २ ठाउँमा भएका छुट्टा–छुट्टै विस्फोटमा आइतबार ३ जनाको मृत्यु भएको छ ।

- Advertisement -

बुढानीलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक सैलुन पसलमा भएको विस्फोटमा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा काभ्रे घर भइ कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जन छन् ।

प्रहरीका अनुसार नाम नखुलेको सैलुन पसलमा विस्फोट हुँदा १ जनाको घटनास्थलमै र अर्का एकको उपचारका क्रममा चावहिलस्थित ओम अस्पतालमा मृत्यु भएको हो ।

- Advertisement -

यस्तै अनमानगर (घट्टेकुलो) क्षेत्रको संगम गल्लीमा भएको विस्फोटमा १ जनाको मृत्यु भएको छ । घट्टेकुलोमा भएको विस्फोटमा मृत्यु हुनेको पहिचान खुल्न बाँकी छ ।

घट्टेकुलोको विस्फोटमा घाइते भएका १ जनाको भने पहिचान खुलेको छ । प्रहरीका अनुसार रुकुमको सानोभेरी गाउँपालिका घर भएका २६ वर्षीय रविन केसी घाइते छन् । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

विस्फोटमा विप्लव समूहको हात !

प्रहरीका अनुसार अनामनगरको संगम गल्लीमा भएको विस्फोटमा नेत्रबिक्रम चन्द (विप्लव) समूहको संलग्नता छ ।

प्रहरीका कारबाहीका क्रममा भोजपुरमा गोली लागि आफ्ना कार्यकर्ताको मृत्यु भएको विरोधमा विप्लव समूहले (सोमबार) नेपाल बन्द आह्वान गरेको छ ।

घट्टेकुलोमा विस्फोट भएको स्थानबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोमबार आह्वान गरेको बन्दको विषयमा पर्चा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका केन्द्री प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले विस्फोट भएको स्थानबाट विप्लव समूहको पर्चा भेटिएको बताए ।

‘विस्फोट भएको स्थानबाट विप्लव समूहको पर्चा भेटिएको छ,’ डिआईजी पोखरेलले भने, ‘अहिले अनुसन्धान जारी छ ।’

डिआईजी पोखरेलले सामाखुसीमा भएको विस्फोट पनि नियोजित देखिएकाले अनुसन्धान जारी रहेको बताए ।

‘विस्फोट दुर्घटना भएको जस्तो छैन, हामीले थप अनुसन्धान गरिरहेका छौं,’ पोखरेलले भने ।

घट्टेकुलोको विस्फोटमा घाइते भएका केसी विप्लव निकट विद्यार्थी संगठनको त्रिचन्द्र क्याम्पसका अध्यक्ष रहेको भन्ने जानकारी आएको प्रहरी श्रोतले बताएको छ । यसकै आधारमा पनि विस्फोटमा विप्लव समूहको संलग्नता हुन सक्ने प्रहरी अनुमान छ ।

ताजा समाचार

spot_img

थप समाचार