आइत, चैत्र १२, २०७९
Sun, March 26, 2023
आइत, चैत्र १२, २०७९
Sun, March 26, 2023
24.4 C
Kathmandu
23.8 C
Kathmandu
34.8 C
Birgunj

पियुषलले लगाए आफ्नो मोडेलिङ्ग यात्रामा विराम

सिफारिस

नेपाली मोडेलिङ्ग क्षत्रेमा सक्रिय मोडेल तथा मैथिली चलचित्र प्रेमक बसातका नायक पियुष कर्णले आफ्नो ७ वर्ष लामो मोडेलिङ्ग यात्रामा विराम लगाएका छन् । गएराति सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स राख्दै मोडेलिङ्ग तथा चलचित्रिक यात्रामा विराम लगाएको उनले बताएका छन् ।

- Advertisement -

जिवनको ७ वर्ष आफु भित्र भएको कलालाई समर्पित गर्न पाउँदा गर्वको अनुभुती भएको उनको भनाई छ ।

“यस उधोगमा प्रतिभाभन्दा पनि नातावाद र कृपावाद हाबी छ । प्रतिभाको प्रोत्साहन गर्ने केही व्यक्ति भएपनि विरोध गर्नेहरुको जमात म विरुद्ध सक्रिय छ । आफ्नो सफलतालाई मनाईरहँदा केही विरोधीहरुको विरोधका कारण सफलता खल्लो हुँदो हो । तर, ती विरोधीहरुका कारण मैले यो निर्णय गरेको हैन । आफ्नो जिन्दगीको बाँकीको खुशीका लागि यो निर्णय लिएको हुँ ।”पियुषले फेसबुमा लेखेका छन् ।

- Advertisement -

मोडेलिङ्ग यात्रामा आफुले विराम भन्दा पनि अल्पविराम लगाएको आज नेपालपोष्टसँगको कुराकानीमा उनले बताए । जिवनमा संघर्ष गुणाको फल नपाउँदा आफुले केही समयका लागि उधोगबाट बिदा लिने निष्कर्षमा पुगेको पियुषको भनाई छ ।

पियुषका अनुसार नेपाली चलचित्र उधोगमा सफल हुनका लागि प्रतिभा र पैसा दुवै उतिकै आवश्यक छ । प्रचुर प्रतिभा बोकेका नायक नायिकाहरुसँग लगानी गर्न पैसा नहुँदा विदेश गएर आर्जन गरिरहेको उनले सुनाए ।

…..

पियुषले नेपालका लागि फेस अफ दि वल्र्ड लगायतका विभिन्न अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामाहरुमा नेपालको प्रतिनिधीत्व गरिसकेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -