काठमाडौं, १३ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा आह्वान गरिएको नेपाल बन्दको असर राजधानीसहितका जिल्लाहरूमा परेको छ ।
नेकपाले हिंसा मच्चाएपछि त्रासले सर्वसाधारणले सवारी साधन चलाएका छैनन । स्कुलहरू पनि सञ्चालन भएका छैनन । बन्दलाई ध्यानमा राखेर सुरक्षाकर्मीहरू सडक, चोकमा बाक्लै उपस्थित रहेका छन ।
उपत्यकासहित देशभरका सडकमा सोमबार सार्वजनिक गाडी कम चलेका छन् । लामो तथा छोटो दुरीका गाडी कम मात्रै चल्दा गन्तव्यमा पुग्नुपर्नेहरू समस्यामा परेका छन् ।
बन्दका कारण काठमाडौंभित्र चल्ने छोटो दुरीका सार्वजनिक गाडी कम चलेको प्रहरीले जनाएको छ ।