Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025
Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

कक्षा १२ को परीक्षा...

काठमाडौं, ९ वैशाख । शिक्षकहरूको लगातार आन्दोलनबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

सुनको मूल्य आकासियो,तोलामा २...

काठमाडौँ, ९ वैशाख । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार...

भारतका विद्युत् मन्त्री खट्टर...

काठमाडौं,०९ वैशाख । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई...

बीरगन्जस्थित नारायणी अस्पतालमा वैशाख...

बीरगन्ज,०९ वैशाख । बीरगन्जस्थित नारायणी अस्पतालले वैशाख महिनाको अन्त्यसम्ममा क्याथ ल्याब (Cath Lab)...
spot_imgspot_imgspot_img
27.1 C
Kathmandu
35.6 C
Birgunj
spot_imgspot_imgspot_img

काठमाडौं–तराईं द्रुत मार्ग अबको ३ वर्षमा तयार हुने

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराईं/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक)को काम तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । तोकिएकै समयमा काम सम्पन्न गर्न निर्माण कार्यमा तीव्रता दिइएको पनि सेनाको भनाइ छ ।

- Advertisement -

सेनाका इन्जिनियरिङ विभाग प्रमुख एवम् द्रुतमार्ग परियोजनाका प्रमुख उपरथी योगेन्द्रबहादुर खाँणले आयोजनाको कामलाई तीव्रताका साथ अगाडि बढाइएकाले तोकिएकै समयमा सम्पन्न हुने बताए । मंगलबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सो आयोजनको कार्यप्रगति विवरण सुनाउँदै खाँणले भने, ‘आयोजनाको काम समयमै सम्पन्न गर्ने गरी निर्माण कार्य तीव्रताका साथ अगाडि बढाइएको छ ।’

आयोजना प्रमुख खाँणले २०६९ सालको असोज महिनाभित्र फास्ट ट्र्याकको सबै काम सम्पन्न हुने खाँणको दाबी थियो । खाँणले निर्धारित समयमै काम सम्पन्न गर्ने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रि निर्माण व्यवसायीहरुलाई काममा परिचालन गरिएको पनि बताए ।

- Advertisement -

खाँणका अनुसार फास्ट ट्र्याकमा अहिले पुल निर्माणको काम पनि शुरु भइसकेको छ । यस्तै सुरुङमाग निर्माण हुने खण्डमा केही रुख कटान गर्नुपर्ने भएकाले उक्त काम पनि शुरु गरिएको खाँणको भनाइ छ ।

१० करोड रुपैयाँको लागतमा फास्ट ट्र्याकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको खाँणले बताए । हाल उक्त प्रतिवेदन स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश गरिएको खाँणको भनाइ थियो ।

फास्ट ट्र्याकमा पर्ने ६ सय ५६ रोपनी जग्गा अधिग्रहणको काम बाँकी रहेको उल्लेख गर्दै खाँणले जग्गा अधिग्रहणको कामलाई पनि अगाडि बढाइने बताए ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजनाले डीपीआर तत्काल स्वीकृत गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

समितिकी सभापति दिलकुमारी रावल थापाले सो आयोजनाको कामलाई तोकिएकै समयमा सम्पन्न हुने गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरिएको विस्तृत परियोजना प्रतिवेदन स्विकृत गर्न सरकारलाई निर्देशन दिइएको जानकारी दिइन् ।

ताजा समाचार

spot_img

थप समाचार