आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025
आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025

काठमाडौं उपत्यकामा ५७४ किलोमिटर...

काठमाडौं,२८ पुस । मेलम्चीको पानी पुनः वितरणसँगै काठमाडौं उपत्यकामा नयाँ खानेपानी वितरण सञ्जालको...

लोसपा महाधिवेशनका लागि ५...

काठमाडौँ,२८ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रथम महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन...

अनुहार हेर्न मन नलाग्नेहरू...

बीरगन्ज,२८ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो...

रुपन्देही र पर्सामा २...

काठमाडाैं,२८ पुस । रुपन्देही र पर्सामा दुई जना मृतावस्थामा फेला परेका छन्। नेपाल प्रहरीको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
14.7 C
Birgunj
spot_imgspot_imgspot_img

खरबुजा यी व्यक्तिका लागि अमृत, थाहा पाउनुहोस् यसका फाइदा र हानी

सिफारिस

खरबुजा एउटा यस्तो फल हो जसमा पानीको मात्रा अत्यधिक हुन्छ । त्यसैले गर्मीमा यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन भने शरीर विशेषगरी पेटलाई चिसो बनाइराख्छ । खरबुजा खानु विभिन्न रोगका लागि फाइदाजनक पनि मानिन्छ ।

- Advertisement -

खरबुजा तौल घटाउन पनि निकै सहयोगी हुन्छ तर यो केही निश्चित रोगीले खानु हुँदैन । खरबुजा खाँदा कस्ता फाइदा हुन्छन् र यो कुन रोग लागेका व्यक्तिले खानु हुँदैन, यसबारे जानकारी लिऔं ।

पत्थरी भएकालेः

- Advertisement -

जसको मृगौलामा पत्थरी छ, उनीहरुले खरबुजा धेरैभन्दा धेरै खानुपर्छ । खरबुजामा अत्यधिक पानी हुन्छ र यसले मृगौलालाई डिटक्स गर्न मद्दत गर्छ, त्यसकारण यो खाँदा फाइदा नै हुन्छ ।

तौल घटाउन फाइदाजनकः

तौल नबढ्ने खानाको खोजीमा हुनुहुन्छ भने खरबुजा तपाईंका लागि राम्रो विकल्प हुनसक्छ । खरबुजामा निकै थोरै क्यालोरी हुन्छ र यो खाएपछि चाँडै भोक लाग्दैन । सय ग्राम खरबुजामा मात्र ३० ग्राम क्यालोरी हुन्छ । यसमा करिब १ मिलिग्राम सोडियम, कार्बोहाइड्रेट ८ ग्राम, फाइबर ०.४ ग्राम, सुगर ६ ग्राम, भिटामिन ए ११ प्रतिशत, भिटामिन सी १३ प्रतिशत, प्रोटिन ०.६ ग्राम पाइन्छ ।

प्रतिरोधी क्षमता बलियो बनाउँछ र आँखाका लागि पनि फाइदाजनकः

भिटामिन सी र ए प्रचुर मात्रामा भएको खरबुजाले प्रतिरोधी क्षमता बलियो बनाउँछ । यो आँखाका लागि पनि निकै फाइदाजनक मानिन्छ ।

दिमाग शान्त बनाउँछः

खरबुजा चिसो फल हो । यो खाँदा पेट मात्र नभइ दिमाग पनि शान्त रहन्छ । यसको बियाँलाई पिसेर निधारमा लगाउँदा टाउको दुखेको पनि कम हुन्छ ।

उच्च रक्तचाप भएकालाईः

रच्च रक्तचापको समस्या भएकाले खरबुजा खानुपर्छ । खरबुजामा निकै कम सोडियम हुन्छ र यो चिसो पनि हुन्छ ।

यी व्यक्तिले नखाने खरबुजाः

– दम र एलर्जीको समस्या भएका व्यक्तिले खरबुजा खानु हुँदैन । यो चिसो हुन्छ र यसले सास नलीमा सुन्निने गर्छ ।

– भात वा दही खाने बित्तिकै खरबुजा खानु हुँदैन ।

– खाली पेटमा पनि खरबुजा खानु हुँदैन । खाली पेटमा खरबुजा खाँदा बान्ता हुने वा पेटको अन्य समस्याको कारण बन्न सक्छ ।

– खरबुजा खाने बित्तिकै पानी नपिउनुहोस् । तुरुन्त पानी पिउँदा बानी हुनसक्छ ।

– राती सुत्नेबेला पनि खरबुजा खानुहुँदैन किनभने यसले कफ बढाउन सक्छ ।

खरबुजाले स्वास्थ्यमा फाइदा पुर्याउँछ तर आफ्नो समस्या हेर्दै यो खाने कि नखाने भनेर निर्णय लिनुहोस् किनभने केही स्थितीमा खरबुजा फाइदाजनक हुँदैन ।

डिस्क्लेमरः प्रस्तुत लेखमा दिइएका टिप्स र सल्लाह केवल साधारण जानकारीका लागि हो र यसलाई व्यवसायिक चिकित्सकको सल्लाहको रुपमा लिन सकिँदैन । कुनै प्रकारको फिटनेस प्रोग्राम सुरु गर्नु वा आफ्नो डाइटमा कुनै प्रकारको परिवर्तन गर्नुअघि डाक्टरसँग सल्लाह लिनुहोस् ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार