Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026
Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026

सर्लाहीमा तीन मोटरसाइकल आपसमा...

सर्लाही,०७ फागुन । सर्लाहीको बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिक बुधबार राति भएको...

एमालेले आज घोषणापत्र सार्वजनिक...

काठमाडौं,०७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज...

‘टिम नेपाल’मार्फत पाँच वर्षमै...

जनकपुर,०७ फागुन । गगन थापा ले ‘टिम नेपाल’को अवधारणा अघि सार्दै पाँच वर्षभित्र...

लोकतान्त्रिक–प्रगतिशील शक्तिलाई विजयी गराउन...

काठमाडौं,०७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनाल ले...
spot_img

विश्वकप क्रिकेटमा आयोजक इंग्ल्याण्डको विजयी सुरुवात

spot_img

लन्डन, जेठ १७ । आयोजक इंग्ल्यान्डले एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । लण्डनस्थित दि ओभलमा भएको खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले हराउँदै इंग्ल्यान्डले शानदार सुरुवात गरेको हो ।

घरेलु टोलीले दिएको ३१२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९ ओभर ५ बलमा अलआउट हुनुपूर्व २०७ रनमात्रै जोड्यो । उसका लागि सुरुवाती व्याट्सम्यान क्विन्टन डी ककले ६८ रन तथा भान डर डुसेनले ५० रन जोडे पनि टोलीलाई जिताउन सकेनन् ।

दक्षिण अफ्रिकी टोलीलाई रोक्न इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३११ रन बनाएको थियो । उसका लागि बेन स्टोक्सले ८९ रन जोड्दा जेसन रोय, जो रुट र इयान मोर्गनले पनि अर्धशतकीय ईनिङ खेले ।

जितसँगै इंग्ल्याण्डले पहिलो खेलबाट महत्वपूर्ण २ अंक जोडेको छ । प्रतियोगितामा आज वेष्ट इण्डिज र पाकिस्तान भिड्नेछन् । विश्वकप क्रिकेटको यो १२ औं संस्करणमा १० टोली सहभागी छन् । राउण्ड रबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय