Date
शुक्र, कार्तिक २८, २०८२
Fri, November 14, 2025
Date
शुक्र, कार्तिक २८, २०८२
Fri, November 14, 2025

सिके राउतको पक्षमा सर्वोच्चको...

काठमाडौं,२७ कातिक । सर्वोच्च अदालतले जनमत पार्टी विभाजन गरेर गठन गरिएको जनस्वराज पार्टीलाई...

पूर्ण क्षमतामा पुनः सञ्चालनमा...

बीरगन्ज,२७ कातिक । लामो अवरोधपछि जगदम्बा स्टिल उद्योग पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएको...

ठूलो परिमाणको ट्रामाडोलसहित ५...

मकवानपुर,२७ कातिक । मकवानपुर प्रहरीले ठूलो परिमाणको अवैध लागूऔषध ट्रामाडोलसहित ५ जनालाई पक्राउ...

पर्सामा गाँजासहित तीन भारतीय...

बीरगन्ज,२७ कातिक ।  प्रहरीले लागुऔषध गाँजाको तस्करीमा संलग्न तीन भारतीयलाई पक्राउ गरेको छ...
spot_imgspot_imgspot_img
14.1 C
Kathmandu
18.1 C
Birgunj
spot_img

विश्वकप क्रिकेटमा आयोजक इंग्ल्याण्डको विजयी सुरुवात

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

लन्डन, जेठ १७ । आयोजक इंग्ल्यान्डले एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । लण्डनस्थित दि ओभलमा भएको खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले हराउँदै इंग्ल्यान्डले शानदार सुरुवात गरेको हो ।

घरेलु टोलीले दिएको ३१२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९ ओभर ५ बलमा अलआउट हुनुपूर्व २०७ रनमात्रै जोड्यो । उसका लागि सुरुवाती व्याट्सम्यान क्विन्टन डी ककले ६८ रन तथा भान डर डुसेनले ५० रन जोडे पनि टोलीलाई जिताउन सकेनन् ।

दक्षिण अफ्रिकी टोलीलाई रोक्न इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ विकेट लिए ।

- Advertisement -

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३११ रन बनाएको थियो । उसका लागि बेन स्टोक्सले ८९ रन जोड्दा जेसन रोय, जो रुट र इयान मोर्गनले पनि अर्धशतकीय ईनिङ खेले ।

जितसँगै इंग्ल्याण्डले पहिलो खेलबाट महत्वपूर्ण २ अंक जोडेको छ । प्रतियोगितामा आज वेष्ट इण्डिज र पाकिस्तान भिड्नेछन् । विश्वकप क्रिकेटको यो १२ औं संस्करणमा १० टोली सहभागी छन् । राउण्ड रबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

ताजा समाचार

थप समाचार