मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

एसईई को परीक्षा तालिका...

काठमाडौं,०१ माघ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१...

जय ट्रफी उपाधिका लागि...

बीरगन्ज,०१ माघ । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आजदेखि...

माघे संक्रान्ति देशभरी धुमधाम...

काठमाडौ,०१ माघ । आज माघ १ गते देशभरि विविध परम्परा र आस्थाका साथ...

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
13.9 C
Birgunj
spot_imgspot_imgspot_img

मजदुरहरुलाई व्यवस्थित गर्नुपर्छ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040
मिश्रा राजेश

अत्यधिक तापक्रमको कारण जीवय यापन असहज हुन थालेको छ । नयाँ बर्ष २०७६ शुरु भएसँगै गर्मी पनि बढन थालेको हो । तराई अत्यधिक गर्मी हुने क्षेत्रको रुपमा परिचित छ । पैसावालहरुको लागि गर्मी छल्न कृत्रिम साधनहरु भएपनि कमजोर आर्थिक हैसियत हुनेहरुले बाध्यकारी अवस्थामा जिवन यापन गरिरहेको देख्न सकिन्छ । दैनिक ज्यालादारी गरि खानेहरुको लागि गर्मी मौसम साह्रै कठिन हुने गर्दछ ।

- Advertisement -

ज्यालादारीमा काम गर्ने मजदूरहरु काम गर्न साईकल चलाउँदै शहरी क्षेत्रमा आउँदा आउँदै ४० डिग्रीको तामक्रममा शरिरको आधा शक्ति समाप्त भईसकेको हुन्छ ।

पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाको मध्यमा अवस्थित माईस्थान चौकमा दैनिक मजदुरी गर्न आउने मजदूरहरुको भीड दिनहुँ देख्न सकिन्छ । काम पाउनेले काममा जान्छन भने काम नपाउनेले फर्केर घर जानुपर्ने बाध्यता हुन्छ । यस्तो चर्को गर्मीमा काम नपाएर घर फर्किनु पर्ने अवस्थामा ती मजदूरको दैनिकीमा असर गर्छ । खान लाउन ग्राहो हुन्छ । तर, दैनिक मजदूरी गरी दुई छाक टार्ने मजदूर बाध्यता बस गर्मी, जाडो र पानी मा काम गर्न जानैपर्ने हुन्छ । परिवारको भरण पोषण गर्ने जिम्मेवारी काँध भएकोले कसरी अल्छी गर्ने ।

- Advertisement -

चालू बर्ष २०१९ को मे १ अर्थात् मजदुर दिवस आउँदो बुधवार परेको छ । संसारको हरेक ठाउँमा कार्यक्रम आयोजन गरि मजदुर दिवस मनाईउने प्रचलित प्रचलन अनुसार नेपालको समेत प्रदेशहरुले बिभिन्न कार्यक्रमको योजना गरेकै हुनुपर्छ । यस अवसरमा सुटबुटमा सजिएर आएका नेता तथा हाकिम ज्यूहरुले थरी थरीका नारा र मजदुर हकहितको कुरा गरि दिनुहुनेछ । मजदुर दिवसको अवसरमा आयोजित ती कार्यक्रमहरुमा भाषण सुन्नका लागि गाउँ गाउँबाट मजदुरहरु आउँछन्, सुन्छन र जान्छन् । मे २ तारिख देखि उही घाम पानीको बाध्यकारी अवस्था सहन गर्दै काम गर्नुपर्ने अवस्था रहन्छ । वीरगन्जको माईस्थान चौक नजिकै प्रत्येक दिन लाग्ने गरेको मजदुर मेलालाई व्यवस्थीत गर्नु जरुरी छ । अत्यधिक भीडभाड हुने माईस्थान चौकबाट सारी घण्टाघरको आसपास फराकिलो स्थानमा व्यवस्थीत गर्नुपर्छ ।

जहाँ घाम पानीबाट जोगिन छाना, चर्पी, पानी, लगाएतको व्यवस्था सहित दैनिक ज्यालादारी गर्ने मजदुरलाई मजदुर दिवसको अवसरमा सम्मान दिनुपर्छ । वीरगन्ज महानगरपालिकाले पनि मजदुर दिवसको अवसरमा बिबिध भाषण गर्नु भन्दा पनि वीरगन्जमा काम गर्न आउने मजदुरलाई मध्यनजर गरि सुविधा सहित स्थाई व्यवस्थापन गरिदिनुपर्छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार