बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
18.8 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

भेदभावपूर्ण सदस्यता वितरणको विरोधमा पत्रकार महासंघ पर्सामा तालाबन्दी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ११ चैत- सदस्यता वितरणमा भेदभाव गरेको भन्दै पत्रकारहरुले नेपाल पत्रकार महासंघ पर्सा शाखामा बुधबार बिहान तालाबन्दी गरेका छन् । सदस्यता वितरण गर्दा मनोपोली गरेको र क्रियाशिल रुपमा पत्रकारित गरिरहेका पत्रकारहरुलाई भने सदस्यताबाट बन्चित गरेको भन्दै पत्रकारहरुले तालाबन्दी गरेका हुन् । आस्थाका आधारमा आफु नजिकका नातेदार र आसेपासेहरुलाई सदस्यता वितरण गरिएको तर क्रियाशिल पत्रकारलाई भने सदस्यता नदिएको भन्दै पत्रकार महासंघ पर्सा तालाबन्दी गरिएको हो ।

- Advertisement -

सदस्यता वितरणमा विभेद गर्नुका साथै सक्रिय पत्रकारहरुको मनोबल गिराई अन्य पेशामा आबद्ध भएकाहरुलाई वितरण गरेको भन्दै विरोधमा उत्रिएका पत्रकारहरुले आपत्ति जनाएका छन् ।

सक्रिय पत्रकारहरुको मापदण्ड सबै पुगेपनि सदस्यताबाट वञ्चित गराइएको र आफ्ना नातेदारहरुको मापदण्ड नपुगेपनि सदस्यता वितरण गरेको उनिहरुको आरोप छ । पुनः स्वच्छ तथा निष्पक्ष रुपमा पत्रकारिता पेशामा आबद्ध क्रियाशिल पत्रकारहरुलाई सदस्यता दिलाउनुपर्ने मागको सम्बोधन नभएसम्म ताला नखोलिने नेपालपोस्ट डेलीका सम्पादक अशोक सङ्ग्रौलाले बताए ।

- Advertisement -

पत्रकार महासंघलाई पार्टीको भर्ती केन्द्र जस्तै बनाएर गैरपत्रकारलाई सदस्यता दिएर श्रमजिवि पत्रकारलाई बेवास्ता गर्ने प्रवृत्तिको विरोधमा तालाबन्दी गरिएको यात्रा डेलीका आसु सर्राफको भनाई छ । सदस्यता वितरणलाई पारदर्शिता बनाउनुका साथै महासंघलाई पत्रकारको मात्रै संगठनको रुपमा स्थापित गरी राजनितिकरणबाट टाढा राख्नुपर्ने सर्राफले बताए ।

क्रियाशिल सदस्यहरुलाई सदस्यताबाट वञ्चित गराएर भोट पाउने आशमा आफ्ना नजिकका नातेदारलाई सदस्यता वितरण गरी समग्र पत्रकारिता पेशालाई नै बदनाम गराउने कार्य सह्य नहुने मिरमिरे अनलाईका प्रदेश २ प्रमुख दिपक चौरसियाले बताए ।

विरोधमा अशोक सङ्ग्रौला, आसु सर्राफ, दिपक चौरसिया, निखिल वर्णवाल, रन्जित चौरसिया, उमेश दुवे लगायतका पत्रकार सहभागी भएपनि सामाजिक सञ्जालमार्फत अन्य पत्रकारका साथै सामाजिक अभियन्ताहरुले पनि ऐक्यबद्धता जनाएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -